दृष्टिविहीनहरुको सहयोगी बन्यो उपमहानगरपालिका

हेटौंडा । दृष्टिविहीनहरुको सहयोगिका रुपमा हेटौंडा उपमहानगरपालिका अगाडी सरेको छ । बिशेषगरी पहुँच बिहीन भएका असहायहरुका लागि सहयोगिका रुपमा उपमहानगरपालिका अगाडी आएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगरभरिका दृष्टिविहीनहरुलाई आज सहायक सामाग्री बितरण गर्नुभयो ।
दृष्टिबिहीन अपाङ्गता भएका ब्यक्तिहरुको सुरक्षित आवागमनका लागि सहायक सामाग्रीका रुपमा सेतो छडी बितरण गरिएको हो । दृष्टिविहीनहरुलाइ हिडडुल गर्नका लागि सजिलो होस भन्ने उदेस्यले सेतो छडी बितरण गरिएको मेयर महतले बताउनुभयो । समावेशी सार्थकता हरेक क्षेत्रमा दृष्टिविहीनहरुको अनिवार्य सहभागिता भन्ने मुल नाराका साथ दृष्टिविहीनहरुलाइ सहायता सामाग्री बितरण गरिएको हो ।
उपमहानगरपालिकाले दृष्टिविहीनहरुलाइ आफ्नै सभाहलमा बोलाएर मकवानपुर नेत्रहिन संघ र नेत्रहिन पुनरस्थापना केन्द्र मकवापनुरको आयोजनामा गरिएको कार्यक्रममा जनही एक एक वटाका दरले सेतो छडी बितरण गरिएको थियो । कार्यक्रममा उपस्थित भएका ९२ जनाले सेतो छडी प्राप्त गरेपछी अबका दिनमा हिडडुल गर्नका लागि थप सहज भएको बताएका छन् । यो पटक मात्र होइन हरेक क्षेत्रमा दृष्टिविहीनहरुलाइ सहयोगी बन्नका लागि आफु तयार रहेको मेयर महतले बताउनुभयो ।