हेटौंडाका बिद्यार्थीको बिज्ञान सामाग्री प्रर्दशनी, मेयर महतको अवलोकन

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार १४:४५

हेटौंडा । हेटौंडाका माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले आज शिद्धार्थ माबिको हलमा बिज्ञानका सामाग्री प्रर्दशनी गरेका छन् । माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुले आफैले निर्माण गरेको शैक्षिक सामाग्री प्रर्दशनीमा राखेका हुन् । सरकारी बिद्यालयका बिद्यार्थीहरुले प्रदर्शनीमा राखेको शैक्षिक सामाग्रीको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अवलोकन गर्नुभएको छ ।

नगर स्तरिय शैक्षिक समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहनागरपालिकाको सहयोगमा गरिएको प्रर्दशनीमा हेटौंडालाई कसरी स्मार्ट सिटीको रुपमा बिकाश गर्न सकिन्छ भनेर धेरै बिद्यालयका बिद्यार्थीले शैक्षिक सामाग्रीमा रुपरेखा कोरेका छन् । साना साना बिद्यार्थीहरुले पनि निकै मेहनतका साथ शैक्षिक सामाग्री तयार पारेर प्रर्दशनी गरेकोमा मेयर महतले खुसी ब्यक्त गर्नुभएको छ ।

हेटौंडाका १५ वटा बिद्यालयका बिद्यार्थीहरुले स्मार्टसिटी, वायु उर्जा, बिज्ञानका बिभीन्न प्रर्दशनी गरेका थिए । हेटौंडाको शिद्धार्थ माबि, आधुनिक राष्ट्रिय माबि लगायतका बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले प्रर्दशनीमा सहभागिता जनाएका थिए । प्रर्दशनी हेरीसकेपछी मेयर महतले बिद्यार्थीहरु प्रबिधिमा दक्ष बनाउनका लागि थप सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । बिद्यार्थीको हौसलाका लागि यो महत्वपुर्ण कार्यक्रम रहेको र क्षमताको बिकाश गर्न पनि थप सहयोग पुग्ने मेयर महतको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*