५२१ जना असईको अन्तिम नतिजा प्रकाशित (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले २०७५ असोज १५ गते ५२१ जना प्रहरी सहायक निरीक्षक (असई) का लागि खुलाएको विज्ञापनको अन्तिम नतिजा निकालेको छ । असोज १५ गते खोलिएको विज्ञापन अनुसार लिइएको लिखित, मौखिक र शारीरिक अभ्यास परीक्षा उत्तीर्ण गर्दै ५२१ जना परीक्षार्थी प्रहरी सहायक निरीक्षकमा छनोट भएका हुन्। असईमा छनोट भएका परीक्षार्थीलाई सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र र नागरिकताको प्रमाणपत्रसहित प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागको कर्मचारी प्रशासन शाखामा यही असार ३१ गते उपस्थित हुन भनिएको छ ।
हेर्नुस् पुरा सूची
ASI_Final_Result_Notice_2076-02-30