प्रदेश ३ को प्रदेशसभा बैठक आज, बजेट असार १ गते

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार ०५:५७

हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेश सभाको बैठक आजबाट सुरु हुने भएको छ । आज दिउसो २ बजेका लागि प्रदेश सभा बैठक बोलाईएको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । आजबाट बैठक चल्ने छ । असार १ गते भने प्रदेश ३ को आगामी आर्थिक बर्षका लागि बजेट ल्याउन लागिएको छ । बजेटले सबै पक्षेत्रलाई समेट्नेगरी ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो ।

उनले आर्थिक वर्ष ०७६र०७७ को लागि प्रदेश सरकारले प्रदेशमा भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने आयमुलक कार्यक्रम ल्याइने, पर्यटन क्षेत्रको विकास गरिने, जैविक विविधता, वातारण सुधार एवम् पोष्टबहादुर बोगटी हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलाई निर्माण गर्ने लगायत अन्य पूर्वाधारलाई समेट्ने खालको बजेट ल्याइने बताइएको छ ।
बजेटका लागि आर्थिक मामिला मन्त्रालयका कर्मचारी दिनरात नभनीकन खटिएका छन् । बजेटका दिनमा प्रस्तुत गरिने कार्यक्रमको तयारीका लागि लागिएको कर्मचारीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*