आईपीएल क्रिकेटमा लखनउले दिल्लीलाई ६ विकेटले हरायो

जनपत्र
२५ चैत्र २०७८, शुक्रबार ०७:३४

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा लखनउ दिल्लीलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका कुलदीप यादवले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा तीन विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । दिल्लीका पृथ्वी शले ६१ रनको अर्धशतकीय पारी खेले ।

लखनउका रवि बिशोइले दुई तथा कृष्णपा गोथामले एक विकेट लिए । जितसँगै लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली तीन खेलमा दुई अङ्क जोडेर सातौँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*