राक्सिराङमा पहिरोले पुरिएका दुईजनाको मृत्यु भएको पुष्टी

हेटौंडा । मकवानपुरको राक्सिराङमा सडक खन्ने क्रममा पहिरोले एक्साभेटर सहित पुरीएका दुईजना सहचालकको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । मृत्यु भएका दुबै जनाको सव निकालीएको छ । सव निकालेपछी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टी गरेको हो । राक्सिराङ गाउँपालिका वडा नम्बर ८ टोड्केमा सडक निर्माण गर्ने क्रममा पहिरो लडेर दुईजनालाई पुरेको थियो । टोड्केमा सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरोले दुईजनालाई पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
एक्साभेटरले सडक खन्ने क्रममा माथीबाट पहिरो लडेपछी चालक भाग्न सफल भएपनि अरु दुईजना भने भाग्न नसकेपछी पहिरोमा पुरिएको उहाँले बताउनु भयो । पहिरोमा पुरिनेमा धादिङ जिल्ला रोदाङ गाउँपालिकाका २३ बर्षिय प्रदिप श्रेष्ट र चितवन इच्छा कामना गाउँपालिका वडा नम्बर २ का १७ बर्षिय रोषन बुढाथोकीको मृत्यु भएको हो ।
सिलाधुनीबाट ठुलो टोडके पुग्ने कृषि सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर उनीहरुलाई पुरेको हो । डोजरको ब्रेक्ररको भाग पुरिएको छ । ‘ब्रेक्ररले थाहा पहरा फोड्ने क्रममा एक्कासी माथिबाट ठुलो पहिरो खसेको हो,’ स्थानीय हस्तबहादुर मोक्तानले भने, ‘ब्रेक्रर नजिकै रहेका श्रेष्ठ र बुढाथोकीलाई माथिबाट आएको पहिरोले र्पुयो ।’