मकवानपुर गढी वासीको पिडाः दिउसो बत्ति बल्छ, राती अधेरो

दिपक सिंह रुम्बा
३० जेष्ठ २०७६, बिहीबार ०६:५३

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडानम्बर– ५ सोलिथुम र चुवारका बासिन्दले बिगत एक दशक देखि बिजुलीमा कम भोल्टेज आएका कारण समस्या झेल्दै आएका छन् । घर घरमा बिजुली जोडिएको छ । पोल ठड्याइएको छ । तार तानिएको छ । तर, कम क्षमताको ट्रासमिटर जडान गरिएका कारण दिउसो मात्र बत्ति बल्छ । राती अरुले बत्ति बालेपछी चिमको भित्रको तार मात्र बलेको देखिन्छ । उज्यालोका लागि टुकि बत्तिनै बाल्नुपर्ने बाध्यता भएको स्थानीय वासिन्दाहरु बताउँछन् ।

बषौ देखि कम भोल्टेजको समस्या स्थानीयले भोग्दै आएका छन् । हेटौंडाबाट करिब तेह्र किलोमिटर उत्तरपुर्ब पर्ने सोलिथुम र चुहार क्षेत्रको यो समस्याका बिषयमा धेरै निकायमा कुरा राख्दा पनि समस्याको समाधान नभएको स्थानीयको भनाई छ । गाउँमा बिद्युत बिस्तार भएको तेह्र वर्षभन्दा बढि भईसक्यो तर बिद्युतको भेल्टेजको सुधारको काम भने हुन नसकेको स्थानीय इन्द्य्रबहादुर रुम्बा बताउनुहुन्छ ।

बिद्युत बिस्तार भएदेखि नै दिउँसो दिनभरि बल्ने बत्ति रातपरेपछि फिलामेन्ट चिमको क्वाईलमात्र रातो हुने र सिएफएल चिम धिपधिप गर्ने भएपछि बत्ति कहाँ छ भनेर टर्च बालेर खोज्नुपर्ने अवस्थ छ । त्यहाँका बासिन्दले कहिलेपनि पुरा भोल्टेजमा बत्ति बाल्न पाएनन् । बल्ल बल्ल बिजुलीको पोल त सुधार भयो तर बिजुली आएको एक दशक नाघि सक्दा पनि भोल्टेजको समस्या जस्ताको तस्तै छ ।

त्यस क्षेत्रका बासिन्दहरु बिभिन्न पेसा र व्यवसायमा आबद्ध छन । तर, आफ्नो पेसा र व्यवसायलाई राम्रो र व्यवस्थित गर्न भोल्टेज समस्याले बाधा परेको उनीहरुको गुनासो छ । कम भोल्टेजको कारणले सिंगल फेजको मेसिन समेत चलाउन गाह्रो भएको स्थानिय स्थानीयको भनाई छ । बिभिन्न समिति गठन गरेर बारम्बार बिद्युत प्राधिकरण र स्थानिय तहमा जाँदापनि आफुहरुको माग सम्बोधन नभएको स्थानीय लाल बहादुर गोलेको भनाई छ । यता गढि गाउँपालिका ५ का वडाध्यक्ष जीत बहादुर घिमिरेले आफुहरुले बिगतदेखि नै धेरै प्रयास गरेको तर यसपालि भने जसरीपनि भोल्टेजको समस्या हटाउने आश्वासन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*