हेटौंडाका दुइजना खेलाडीलाई जनही ४० हजार रुपैयाँ सहित सम्मान
हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र रहेर खेल क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने दुइजना खेलाडीलाई सम्मान गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बक्सर खेलाडी शुशील घिमिरे र बक्सर रेफ्रि लालबहादुर पौडेललाई सम्मान गर्नुभयो । दुबै जनालई नगद ४० हजार रुपैयाँ सहित सम्मान गर्नुभयो ।
हेटौंडाको पीप्ले क्याम्पाडाँडामा एक वर्षमै रंगशाला निर्माण गरेर चर्चामा आएका घिमिरे र बक्सीङका प्रशिक्षक समेत रहनु भएका पौडेलले खेल क्षेत्रमा धेरै योगदान गरेकाले नगदसहित सम्मान गरिएको मेयर महतले बताउनुभयो । हेटौंडाका खेलाडी र खेलक्षेत्रलाई माथी उकास्न र उनीहरुका लागि हौसला प्रदान गर्नका लागि पनि सम्मान गरिएको उहाँले बताउनुभयो ।
दुबैजना तीन दशकदेखि खेलक्षेमा लागेका थिए । दुबै जना राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा खेल क्षेत्रमा योगदान रहेको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं, प्रशासन साखाका प्रमुख रामकृष्ण थापा लगायतकाको आतिथ्यता रहेको थियो ।






