सलमान खानको लागि रोहित शेट्टीले ‘सूर्यवंशी’ को प्रदर्शन मिति पछि सारे

जनपत्र
३० जेष्ठ २०७६, बिहीबार ०५:४५

सन् २०२० को इदको अवसरमा अभिनेता सलमान खान र अक्षय कुमारको चलचित्र जुध्ने पक्का थियो । तर हालै सार्वजनिक खबर अनुसार, यी दुई अभिनेताबीचको टक्कर टरेको छ । बलिउडका खेलाडी अक्षय कुमार अभिनित फिल्मका निर्देशक रोहित शेट्टीले सलमान खानका कारण चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गरिदिएका छन् ।

अभिनेता सलमान खान १२ वर्षपछि सञ्जय लीला भन्सालीसँगै चलचित्र ‘इन्शाअल्लाह’ मा काम गरिरहेका छन् । चलचित्रमा सलमान खानको जोडीको रुपमा अभिनेत्री आलिया भट्ट हुनेछिन् । ‘सूर्यवंशी’ २०२० मार्च २७ मा रिलिज हुनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*