कारको ठक्करबाट भैसेमा सेनाको मृत्यु

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाको भैसे सामरी पुल नजिकै गएराती कारले मोटरसाइकलाई ठक्कर दिदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ । काठमाडौबाट हेटौँडा तर्फ आउदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसै तर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक सुपारेटार ब्यारेका लेस नायक पदमा कार्यरत ३० बर्षीय विवेश तामाङको उपचारका क्रममा गएराती काठमाण्डौमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
कारको ठक्करबाट गम्भिर घाईते भएका तामाङ्लाई उपचारका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत काठमाण्डौ लगिएको थियो । जगदल गढमा कार्यरत गम्भीर घाइते भएका तामाङको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । तामाङको राति ११ बजे छाउनिमा रहेको सैनिक अस्पताल मुत्यु भएको सिंहले बताउनुभयो । ठक्कर दिने कार तथा कार चालक भक्तपुर सुर्य विनायक बस्ने ३४ बर्षीया सुजिता श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेका छन् ।