हेटौंडा प्रदेश राजधानी तोकिए पनि यसलाई स्वीकार गर्न प्रदेश सभासदहरु तयार छैनन–चौलागाईं

जनपत्र
१८ चैत्र २०७८, शुक्रबार १०:३१

हेटौंडा प्रदेशको राजधानी हुन सक्दैन भन्ने सबैलाई लागेको थियो । त्यही परिबेशमा हेटौंडालाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने अभियान शुरु भयो । त्यसको नेतृत्व हेटौँडा–७ निवासी ध्रुब प्रसाद चौलागाईले गरे । २०२५ सालमा काभ्रेको देउरालीमा निम्नमध्यम बर्गीय परिवारमा जन्मीएका चौलागईले एमए, बिल सम्मको अध्ययन पुरा गरेका छन् । नेकपा मालेको भुमिगत कालमा सेल्टरदाताका रुपमा चौलागाईको परिचय स्थापित थियो ।

नेकपा एमालेको ७ नम्बरवडा कमिटी सदस्यदेखि मकवानपुर जिल्ला सचिवालय सदस्य, प्रचार विभाग प्रमुखको जिम्मेवारी कुशलता पुर्वक बहन गर्न सफल चौलागाई प्रगतिशील पेशागत कानून व्यवसायी एशोसिएशनको जिल्ला ईन्चार्ज पनि हुन् । मकवानपुर काठमाडौ सम्पर्क मञ्चको संस्थापक सदस्य, सचिब र अध्यक्ष नेकपा एमाले नारायाणी अञ्चल सम्पर्क कमिटी सदस्य सहित पार्टीको केन्द्रिय विभागसम्मको जिम्मेवारी सम्हालेको अनुभव उनीसंग छ । यी सबै जिम्मेवारीमा चौलागाईले आफुलाई अब्बल स्थापित गरिसकेका छन् ।

२०४० सालमा अनेरास्ववीयुमा संगठित भएका चौलागाईले युवासंघ नेपाल हेटौंडा नगर कमिटी सदस्य हुदै जिल्ला सचिब, ७ बर्ष जिल्ला अध्यक्ष, नारायणी अंचल कमिटी सचिबसम्मको जिम्मेवारी सम्हाले । प्रेस चौतारी मकवानपुरको दुईकार्यकाल उपाध्यक्षको जिम्मेवारी पनि उनले कुशलता पुर्बक पुरा गरेका छन् । २०४६, सालदेखि २०६२।६३ को जनआन्दोलनमा चार पटक पक्राउ परी प्रहरी हिराशतमा बसेका चौलागाईले राजिनीतीसंगै सामाजिक सेवामा पनि सक्रीय छन् ।

नेपाल लेखापढी कानून ब्यवसायी एशोशियशन केन्द्रीय समितिको संस्थापक सदस्य एवम् महासचिबका रुपमा अनुभब बटुलेका चौलागाई हाल नागरिक सरोकार मञ्च मकवानपुरको संस्थापक, जनसरोकार केन्द्र मकवानपुरको संयोजक, नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरको अध्यक्षका रुपमा कृयाशील छन् । रेडक्रस हेटौंडा ७ उपशाखाको सभापति, पुनरावेदन अदालत हेटौँडा बारको २ कार्यकाल अध्यक्ष समेत रहेका चौलागाई नेपाल पत्रकार महासंघ मकवानपुरको साधारण सदस्य, सदस्य, केन्द्रिय पार्षद रही दर्जनौ सामाजिक संघसंस्थाहरुमा सल्लाहाकारको भूमिकामा रहे ।

हेटौडा काठमाडौ सुरुंङ्गमार्ग निर्माण गर्नुपर्छ भनी सरकारका नाममा परमादेश गराउन सफल भएका चौलागाईले माध्यामिक तहसम्म निशुल्क शिक्षा हुनुपर्ने सबालमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जसका कारण आज देशैभर निशुल्क शिक्षा कार्यक्रम सञ्चालित छ । १७ बर्ष अघि नै अमेरिका युरोप लगायतका देश भ्रमण गरेका चौलागाईसंग बिकसित देशहरुको बिकासक्रमको समेत राम्रो ज्ञान छ । उनै सामाजिक राजनितीक ब्यक्तित्व ध्रुबप्रसाद चौलागाईसंग गरेको कुराकानीः–

हेटौंडालाई प्रदेश राजधानी बनाउने अभियान शुरु गर्नु भयो तर तपाईले गर्नु भएको कामको सम्बन्धमा कतै चर्चा वा मुल्यांकन नभए जस्तो लाग्दैन ?

प्रदेश राजधानी बनाउने अभियानले सार्थकता पाउनु नै मुल्यांकन हो । मकवानपुरवासीहरुमा प्रदेश राजधानीको अभियान मैले शुर गरेको हो भन्ने सबैलाई थाहा छ जस्तो लाग्छ । मैले नचिनेकाहरुले पनि मेरो नाम सुनेपछी तपाईले प्रदेश राजधानी वनाउन मिहेनत गर्नु भएको थियो भन्नु हुन्छ । म यसैमा खुशी छु । वास्तवमा प्रदेश राजधानी हेटौडा हुन्छ भनेर शुरु गर्दा मलाई यस्तो हावा कुरा गर्नु हुदैन भन्ने, भेटेर कसरी हेटौडा प्रदेशको राजधानी हुन्छ भनेर उडाउनेहरु धेरै थिए । तर मकवानपुरको पत्रकार जगत र नागरिक समाजले यो विषयलाई यति महत्वकासाथ लिनु भयो की सवैलाई क्रमशः हेटौडा राजधानी बन्न सक्छ भन्ने निश्कर्षमा पु¥याईयो र पार्टीहरु सबैले यसलाई एजेन्डा वनाउन बाध्य भए जसको कारण अहिले हेटौंडा प्रदेश राजधानी हुनगयो ।

हेटौंडा राजधानी वनाउने सम्बन्धमा यससंग जोडिएका अगुवाहरु को को थिए र कसरी सम्भब भयो र ?

हेटौंडा प्रदेश राजधानी वनाउने विषयको पहिल्यै दिनमा, हेटौंडा एफ।एम।ले लाइभ प्रशारण गरेको थियो, अन्य एफएमहरु, रेडियो मकवानपुर, थाहा संचार एफएम, टिम टिभी, हेटौंडा सन्देश दैनिक, समृद्ध समाज दैनिक, साझाकुरा दैनिक, अनलाईनहरु, खबरब्रेक, हेटौंडा खबर, समेतले यो विषयलाई महत्वपुर्ण स्थान दिनु भएको थियो ।

संघसंस्थातर्फ जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका वासु कटुवाल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रिप्रसाद चौलागाई, होटल एशोशियशन मकवानपुरका ध्यक्ष भागिरथ शर्माले जेजती वेला पनि हामीलाई भेला, बैठक गर्न हल उपलब्ध गराउनु भएको थियो । हामीले जतिवेला वोलाए पनि मकवानपुरका राजनैतिक पार्टीहरुले सहभागी भई सरसल्लाहा गरेर योजना बनाईएको थियो ।

हामीले शुरुमा जन दबाब समुह भनेर संयोजक ध्रुब प्रसाद चौलागाई र सदस्यहरु क्रमशः गोपीलाल बिक, ललित कुमार घलान, प्रदिप कोईराला, बालकृष्ण चौलागाई, माधब न्यौपाने, तुलसी रिजाल, सरोज खनाल, सुधिर थापा, नवराज अर्याल, बिबेक राई, पुष्क बहादुर थापा, उज्वल चौलागाई, बालकृष्ण अधिकारी, मदन दहाल, अमृत कुमार लामा, भानुभक्त, आचार्य, कृष्ण सारु, विनोद रिजाल, यादब गजुरेल, बासु खतिवडा, अमृतकुमार लामा, इन्दिरा न्यौपाने, प्रमिला के सी, कृष्ण प्रसाद न्यौपाने, अप्सरा बस्नेत, काव्यमणी अधिकारी, सन्तोष चौलागाई, सविन न्यौपाने, रुपेश दुलाल, नानी मैया बिष्ट, सुदिप सिवाकोटी, मणीराज गौतम, उदय चौलागाई, बिशाल राज महत, बद्रि अधिकारी, रबिन्द्र गौतम, बिनोद रिजाल, बासु कार्की, धर्मराज पुडासैनी, शान्ता बराल, माया लामा, गोपी न्यौपाने, तिर्थ थापा, लिला कुमार घलान,समेत रहने गरि कमिटि निर्माण गरिएको थियो । पछी अस्थायी राजधानी तोकिएपछी जन दबाब समुहको नाम बदलेर जनसरोकार केन्द्रको नामवाट अभियान चलाएका थियौ ।

राजधानी तोकिए पनि हेटौँडामा खासै फरक देखिएको छन नी ?

प्रदेश राजधानी भएपछी हेटौंडामा धेरै कुराहरुमा फरक आएको छ । याहाको व्यपार व्यवसाय, देखि लिएर सबै कुरामा चाप बढेकोे छ । हेटौंडाको महत्वपनि बढेको छ । अहिले हेटांैडा प्रदेश राजधानी तोकिएको छ तर पनि यसलाई स्वीकार गर्न प्रदेश सभासदहरु तयार छैनन, हेटौंडामा राजधानीका लागि छुट्याइएका पुर्वाधारको वजेट अन्यत्रै रुपान्तरण गरेर खर्च गरिएको छ । काठमाडौमा सम्पर्क कार्यालय खोल्ने नाममा उतै कार्यालय खोलेर वस्ने दुस्हास गरिदैछ । हेटौंडाको महत्वलाई न्युनिकरण गर्न खोजिदै छ । हामीहरु यसका बिरुद्धमा लागि रहेका छौँ । हेटौंडा प्रदेश राजधानी हुनु गैरवपुर्ण कुरा हो । अब प्रदेशको राजधानीलाई चाहीने स्थायी संरचना बनाउन बागमती प्रदेश सरकारलाई दबाब दिनुपर्ने बेला आएको छ ।

हेटौंडालाई प्रदेश राजधानी बनाउने सवालमा ककस्को सहयोग रहयो र असहयोग गर्नेहरु पनि थिएकी ?

मेरो अगुवाईमा यो विषयलाई शुरु गरेर एजेन्डा बनाईयो र हेटाँैडा प्रदेश राजधानी बन्न सक्छ भन्ने विषयलाई स्थापित गराईयो साथै अस्थायी राजधानी वनाउने सवालमा कमल थापा त्यसवेलाको मन्त्रिपरिषदमा रहनु र डोरमणि पौडेल बागमति प्रदेशको मुख्य मन्त्री भएको कारणले हेटाँैडा प्रदेश राजधानी कायम हुन गएको हो । यो यथार्त सबैले बुझेका छन् ।

त्यसैगरी हेटौंडाका केही पत्रकारहरुले हाम्रो अभियानको समाचार कहिल्यै बनाएनन, यो सभासदले गर्ने निर्णय हो भनेर ठुला कुरा गरीरहे तर प्रदेश राजधानी भईसकेपछी हेटांैडा राजधानी नभएपनि हुन्छ भन्नेहरुलाई जस दिने गरी स्वार्थपुर्ण तरिकाले समाचार बनाए त्यसमा हामीहरुको गुनासो छैन । प्रदेश राजधानी बनाउने सवालमा मकवानपुरका बिशेष गरी पत्रकार, नागरिक सामज,कानून व्यवसायी राजनैतिक पार्टी लागायत सबैलाई साथै लिएर अगाडि बढ्यौ सबैको साथ सहयोग रह्यो ।

प्रश्न अभियान कसरी शुरु गर्नु भयो र खर्च कसरी जुटाउनु भयो ?

स्वईच्छीक रुपमा केही रकम जम्मा गरिएको थियो । अहिले पनि २०, २५ हजार बाँकी छ । व्यक्तिगत रुपमा मेरो पर्चा पम्प्लेट, व्यानर यातायात लगायतका कुराहरुमा १ लाख जति खर्च भएको थियो । हामीले सबै राजनैतिक पार्टी, सम्बन्धित मन्त्रालय, राष्ट्रपति कार्यालयदेखि सबै कार्यालयसम्म यो विषयलाई ध्यानाकर्षण गरेका थियौ । माईतीघर मण्डलादेखि लिएर सबै समाचार माध्यम मकवानपुरवाट काठमाडौमा वस्ने नाम चलेका पत्रकार, कलाकार सबैलाई यो विषय उठाउन आग्रह गरेका थियौ । विभिन्न समाचार माध्यमहरुमा १०० भन्दा बढी अन्तरवार्ता र लेखहरु प्रकाशन गरेका थियौ ।

राजधानी पछीको तपाईको अभियान के के छन ?

हेटौडा प्रदेश राजधानी वनाउने कुराले राजनितीक पार्टी र विचारमा फरक भएपनि साझा एजेण्डामा सबै मिलेर गर्न सकिन्छ भन्ने प्रमाणित भएकोले मकवानपुरका सार्वजनिक जग्गा संरक्षण गरि व्यक्तीगत कब्जावाट मुक्त गर्न अभियान चलाएका छौ । हेटौंडा प्रदेश राजधानी जस्तो बनाउनु पर्दछ भनेर हेटौडा वजारलाई व्यवस्थित वनाउने, पार्किङ्गको व्यवस्थापन गर्ने जस्ता सवाललाई हेरेका छौँ ।

अहिले मकवानपुरको सार्वजनिक सवालका कुराहरुमा हामीलाई सुचनाहरु आईरहन्छन त्यसलाई हामीले साथ सहयोग गरिरहेका छौँ । शिक्षा विनाको समाज अपाङ्ग हुन्छ भन्ने लागेर नेपाल राष्ट्रिय अभिभावक संघको अध्यक्ष भएर शिक्षा क्षेत्रलाई सुधार्नका लागि उचित मुअव्जा दिएर निजी वोर्डीङ्गहरुलाई राष्ट्रियकरण गर्ने र सामुदायीक विद्यालयहरुको शिक्षालाई आधुनिक तरिकाले संचालन गर्ने अभियान चलाउने अभियान शुरु गर्ने अभियानमा छु ।

हेटौंडा वजारको नजिक रहेको मत्स्य विकासकेन्द्र ७२ विगाहामा फैलिएको छ विचमा कान्तिराजपथ छ । त्यो कान्तिराजपथमा पुल हाल्ने ७२ विगाहालाई एउटै ताल वनाउने जंगलसम्म ताल वनाउने पोखरीको छेउमा बाटो वनाउने, पोखरीमा डुङ्गा चलाउने, त्याहा हाँस माछा पालन रहेकोले विश्वभर पाईने र याहाँ वचाउन सक्ने विभिन्न प्रजातीका हाँस र माछा ल्याएर पाल्ने र बिश्वकै एकमात्र माछा र हाँसको अनुसन्धानको स्थाल एवं पर्यटन स्थल वनाउने अभियान मेरो रहने छ । कोरोनाको माहामारीले यो विषय पनि शुरु गरेपनि प्रभावकारी रुपमा अगाडि वढाउन सकेका छैनौ अब यसलाई अगाडी बढाउने योजना छ । यी योजनाहरु थोरै खर्चमा गर्नसक्ने र लाभ अत्याधिक लिन सकिने भएकोले सबैको सल्लाहामा अगाडी वढ्नेछु ।

 तपाईले भनेको योजनाहरु पुरा गर्न एउटा व्यक्तिले सम्भव हुन्छ र ?

व्यक्तिले उठाएको राम्रो विषय पुराहुन्छ भन्ने कुरा प्रदेश राजधानी हेटौँडा भएको कुराबाट पनि प्रष्ट हुन्छ तर जसको निती त्यस्कै नेतृत्व भयो भने योजनाको महत्व र आवश्यकता अनि कार्यान्वयनलाई सजिले हुने नै हुन्छ । यी विषयहरु आउँदो स्थानीय तहको निर्वाचनमा साझा रुपमा उठाईनु पर्दछ भनेर म अगाडी वढ्नेछु ।

 स्थानीय तहको निर्वाचनमा हेटौंडा नगरभित्रका यस्तो योजनाहरु तपाई आफै नेतृत्वमा भएर गर्न सम्भब छैन र ?

सामाजिक र सार्वजनिक कुराहरु सबैको साझा हुनुपर्दछ भन्ने मेरो मान्यता हो । केही गरौँ भन्ने ईच्छा हुँदाहुँदै र योजना हुँदाहँुदै पनि पदमा नपुगी गर्न नसक्ने धेरै कुराहरु हुने रहेछन । अहिले राजनिती सेवा भन्दा पनि व्यापार जस्तो भएको छ । पदमा पुग्ने अनि कमाउने । अहिले योग्यता क्षमता भन्दा चाकडी चाप्लुसीले निर्वाचनमा अवसर प्राप्त हुने देखिएको छ । मेरो पार्टीमा म पनि योग्य हँु मेयर वन्न सबै योग्यता छ । तर यसको पनि प्रकृया छ । म पनि मेयर वन्ने प्रकृयामा सहभागी हुन्छु ।

पार्टी भित्र ाट छानिने आधार हरुपनि होलान नि तपाईको ?

छन नि, यतिका बर्ष निरन्तर पार्टी काम गर्दा पनि कुनै संसदीय एवं लाभको पद प्राप्त नगर्ने म सरहका साथीहरुमा मनै छु । अहिले पनि अघिल्लो पंङतीका नेताहरु फेरी दोहोरिने होकी भन्ने हल्ला छ । उहाँहरुले आफ्नो योग्यता क्षमता प्रदर्शन गरिसक्नु भयो त्यसैले उहाँहरुले नै अब म लगायतका साथीहरुलाई छाडिदिनु हुन्छ भन्ने लाग्छ । एउटा व्यक्ती एकपटक भन्दा बढी निर्वाचनमा लड्नु पनि गलत हो । यती धेरै कार्यकर्ता नेता भएको पार्टीमा पटकपटक एउटै व्यक्ती दोहोरिदा अरुको योग्यता क्षमता प्रस्फुटन हुन पनि पाउँदैन त्यसैले अहिले अघिल्लो पुस्तावाट हामीहरु छौँ भनेर उहाँहरुलाई छाडिदिनुस् भनेर अनुरोध गर्ने यदि छाड्नु भएन भने आन्तरिक रुपमा आफ्नो कुराहरु राखेर उहाँहरुसंगै स्वस्थ्य प्रतिष्पर्धा गर्ने । सम्बन्धित कमिटीले अब नयाँलाई जिम्मेवारी दिनुपर्दछ, भन्ने लागेर छान्यो भने सबै कुराले म पनि तयार छु ।

माटो र गोबर बास्ना आउने निम्न मध्यम बर्गको किशानको छोरा हुँ म । ईटा भट्टामा ईटा बोक्ने मेलापात गर्ने र बसपार्कमा चिया, कोक बेच्ने काम गर्दै मेहनतले पढाईलाई निरन्तरता दिँदा आजका दिनसम्म आईपुगेको हुँ । काम कुनै सानो हुदैन भन्ने मेरो मान्यता हो । समाजसेवा भन्दा ठुलो कुरा केही रहेनछ । त्यसमा जस्तो आनन्द पनि केहीमा छैन ।

राजनिती भन्दा माथि उठेर सबै मिलेर गर्न सक्ने कामहरु धेरै छन । पदअस्थायी हुन्छ । हाम्रा वरीपरि सांसद मन्त्री भईसकेको धेरै मानिसहरु छन् । जो आफ्नो लागी मात्रै भए उनीहरुलाई कसैले चिन्दैनन् । केही गर्नेहरुलाई सबैले चिन्छन् । पदमा रहँदा केही गरेकाहरुलाई सधै सम्झन्छने त्यसैले आशक्ती पालेर केही हुन्छु भन्यो भने मानसिक तनाब हुन्छ । त्यसैले समयले दिएको र पाएको स्वीकार्ने कुरा नै ठुलो हो भन्ने लाग्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*