मलेसिया र पीएनजीबीचको टी २० आज
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज पपुवा न्युगिनी (पीएनजी) र मलेसियाबीच टी २० क्रिकेट प्रतियोगिता हुँदै छ ।
नेपालपनि सहभागी यो त्रिकोणात्मक टी २० मा मलेसिया र पीएनजीबीचको खेल दिउँसो साढे १२ बजेपछि खेल सुरुहुने छ ।
मलेसिया जारी प्रतियोगितामा १ खेल जित्दै दुई अंकका साथ दोस्रो स्थानमा छ भने पीएनजीले अहिलेसम्म सवै खेलमा पराजित रहँदै अन्तिम स्थानमा रहेको छ । आजको खेलमा मलेसिया विजयी भए फाइनलमा पुग्ने छ ।
तर फराकिलो अन्तरले जित निकाल्न सके पीएनजीको पनि फाइनल पुग्ने सम्भावना कायमै रहने छ । यसअघि पीएनजी मलेसियासँग पराजित भएको थियो ।
मलेसियाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो भने पीएनजीले १७२ रन बनाएपछि ८ रनले पछि परेको थियो । नेपाल भने लगातार ३ खेल जित्दै फाइनल पुगिसकेको छ ।






