हेटौंडामा मेयर कप फुटबल स्थगित

जनपत्र
१७ चैत्र २०७८, बिहीबार २१:१४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले वर्षेनी गर्दै आएको मेयरकप फुटबल प्रतियोगिता अहिले तत्कालका लागि स्थिगित भएको छ । चैत २० गते आइतबारदेखि सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएकोले प्रतियोगिता आयोजना गर्न नसकिने भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । बिहीबार नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले एक सूचना जारी गर्नुहुँदै प्रतियोगिता स्थगित गरिएको जानकारी गराउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*