स्थानीय तहले आफु राजा हुँ भन्ने भावना छोड्नुपर्छ–मुख्यमन्त्री पौडेल

जनपत्र
२९ जेष्ठ २०७६, बुधबार १२:४८

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहका सरकारले आफु त्यहाँको राजा हुँ भन्ने व्यावहार त्याग्न आग्रह गर्नुभएको छ । अहिले स्थानीय सरकारले प्रदेश तहबाट गएका रकमलाई काम गर्न नदिने सम्मका कुरा आएकाले यसलाई छोड्नका लागि उहाँले निर्देशन समेत दिनुभयो ।

प्रदेश नम्बर–३ को प्रदेश समन्वय परिषदको दोस्रो बैठकको अवसरमा बोल्दे उहाँले स्थानीय तहलाई जिवनभर बलियो बनाउनका लागि आफु लागिपरेको स्मरण गर्दै उहाँले भन्नुभयो–‘प्रदेशले स्थानीय तहलाई कुनै पनि हालतमा कमजार बनाउन दिदैन । स्थानीय तहलाई बलियो बनाउनका लागि जीवन बिताएको छु ।’

अहिले प्रदेश र स्थानीय तहका बिचमा भएको समस्या हल गरिनुपर्ने बताउनुभयो । अबको समयमा कुन तहका योजना कुन सरकारले गर्ने भनेर तय गरिनुपर्ने बताउँदे उहाँले भन्नुभयो ‘सधै बषैभरी योजना चाहियो भनेर फाइल बोकेर हिडीराख्ने प्रबृतिको अन्त्य गर्नुपर्छ । हामिले गरेका कामबाट अब रोजगारी दिनुपर्छ । स्थानीय तहले बनाउने नीतिमा प्रदेश सरकारलाई फलो गरिनुपर्छ । अहिलेको जटिलता भनेको नीति तथा कार्यक्रम एकातिर बजेट अकैतिर रहेको छ । यसबाट सचिनुपर्छ ।’

संविधानले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिएको भन्दैमा अरुको कुरा मान्नै नहुने ब्याख्या गलत भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले एक अर्कालाई स्विकार नगर्ने हो भने सरकार सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौ भने सम्बृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौ भनेर मात्र हुँदैन, हामीले अब पुरानो शासन सत्तालाई परिवर्तन गर्नुपर्छ । तर हामीले त्यो बाटो परिवर्तन गर्न सकेका छैनौ ।’

संविधानले स्पष्ठ ढंगबाट हाम्रा अधिकारको सूचि तयार गरेको भएपनि हामी किन अझै अन्योलग्रस्त छौ भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले संविधानले ब्यवस्था गरेको साझा सूचि बनाउने काममा हामी किन संगै बसेर छलफल गर्न सकैनौ भन्दै एउटै रथको पाङ्ग्रा मिलेमात्र रथ अघि बढने बताउनुभयो ।

संविधानले स्वायत्तता अधिकार दिएको भन्दैमा एक अर्कालाई मान्नै पर्दैन भन्ने त हैन नि ? उहाँले प्रस्न गर्नुभयो । स्थानीय तहले कानुन बनाउछ तर प्रदेश सरकारलाई थाहा हुँदैन, स्थानीय तहले प्रदेश सरकारलाई केहि आर्थिक बुझाउनुपर्छ भन्ने छ तर स्थानीय सरकारलाई वास्ता छैन् यसरी कसरी विकास हुन्छ, कसरी सरकारबिच सहकार्य हुन्छ ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*