कानुन बनाउने मात्र नभइ कार्यान्वयन गरौ–सभामुख श्रेष्ठ

हेटौंडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले कानुन कार्यान्वयन गर्नका लागि स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिनुभएको छ । प्रदेश नम्बर–३ को प्रदेश समन्वय परिषदको दोस्रो बैठकलाई हेटौंडामा संबोधन गर्दै उहाँले कानुन बनाउने मात्र नभइकन कायान्वयनमा पनि जोड दिनुपर्ने बताउनुभयो । नेपालमा नीति धेरै बन्ने तर कार्यान्वयन हुने समस्या जटिल बनेको उहाँको भनाई छ ।
पहिले आफु जनप्रतिनिधि भएर आउनुभन्दा के थियो अहिले के भयो भन्ने कुरा बझ्न जरुरी रहेको उहाँले बताउनुभयो । बजेट खर्च नभएर समस्या बनीरहेको बताउँदै उहाँले यसका लागि राम्रो संग काम गरिनुपर्ने बताउनुभयो । सबैक्षेत्रबाट आफ्ना जिमेवारी पुरा गरिनुपर्ने उहाँको भनाई छ । यो बैठकमा प्रतिबद्धता गरेर कार्यान्वयनमा लैजानका लागि उहाँले सुझाब दिनुभयो ।