आइपिएल: कोलकोतामाथि बैंगलोर ३ विकेटले विजयी
इण्डियन प्रिमियर लिग अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बैंगलोरले कोलकोतालाई ३ विकेटले पराजित गरेको हो ।
कोलकोताले दिएको १२९ रनको लक्ष्य पछाएको बैंगलोरले १९।२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यस सिजनको पहिलो खेलमा हार बेहोरेको बैंगलोरको यो पहिलो जित हो भने पहिलो खेल जितेको कोलकोताको पहिलो हार हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोता १८।५ ओभरमा अल आउट हुदै १२८ रन मात्र बनाएको थियो ।
आज आइपिएल अन्तर्गत लखनउ सुपरजाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । खेल नेपाली समय अनुसार साँझ ७स्४५ मा शुरु हुने छ ।






