तीनै तहका सरकार संबिधान भन्दा माथी छैनन्–मन्त्री जमकट्टेल

जनपत्र
२९ जेष्ठ २०७६, बुधबार १२:०२

हेटौंडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले तीनै तहका सरकार संबिधान भन्दा माथी नरहेको बताउनुभएको छ । आजबाट प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा भएको प्रदेश समन्वय परिषदको दोश्रो बैठकमा मन्तब्य ब्यक्त गर्दै मन्त्री जम्कट्टेलले स्थानीय र प्रदेश सरकारका बिचमा समन्वय गरेर मात्र अगाडी बढ्न सकिने बताउनुभयो ।

प्रदेश तह र स्थानीय तहका कानुनमा कुनैपनि समस्या भएमा हरेर काम गर्नका लागि आग्रह गर्दै उहाँले सुरक्षा क्षेत्रमा बजेट छुट्याएर काम गर्नका लागि आग्रह समेत गर्नुभएको छ । प्रदेश सरकारले चाहेर पनि स्थानीय सरकारको अधिकार कटौती गर्न नसक्ने बताउनुभयो । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अधिकारलाई आ—आफ्नो ढंगले आफुलाई बुझदा समस्या भएको बताउनुभयो ।

विधानले हामी सबै सरकारको अधिकारको ब्यवस्था गरेको भएपनि हामीसँग किन तालमेल हुन सकेको छैन् भन्दै उहाँले जनताको काम तथा विकासमा सहकार्य हनुपर्ने बताउनुभयो । प्रदेशसभा सांसदहरुलाई स्थानीय सरकारले सहकार्य गरेन भन्ने गुनासो आएको भन्दै उनले सबै सरकारले सहकार्य गरेमात्र सरकार सफल हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*