प्रदेश नम्बर–३ को समन्वय परिषद बैठक हेटौंडामा सुरु

दुईदिन सम्म सञ्चालन हुने बैठकमा एक सय १९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागि ।
जनपत्र
२९ जेष्ठ २०७६, बुधबार ११:३९

हेटौंडा । प्रदेश नम्बर–३ को प्रदेश समन्वय परिषदको दोस्रो बैठक आज देखि हेटौंडामा सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा बैठक सुरु भएको हो । भोली सम्म चल्ने बैठकमा प्रदेश भरीका एक सय १९ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको छ ।

परिषद बैठकको उद्घाटन् मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभयो । कार्यक्रममा प्रदेशको आवधिक योजना सम्बन्धमा प्रदेश र स्थानीय तहबीचको पारस्परिक अन्तर सम्बन्ध र जवाफदेहिताका बिषयमा नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले प्रस्तुतीरकण गर्नुभयो ।

त्यसैगरी संघियताको सवलीकरणका लागि स्थानीय तह र प्रदेश बीच नीतिगत तथा कार्यगत अन्तरसम्बन्ध र रणनीतिगत साझेदारीका बिषयमा प्रस्तुतीकरण, बालबिवाह मुक्त प्रदेश घोषणा अभियान, प्रदेश तहले स्थानीय तहको लागि बनाउनुपर्ने कानुनको पालना पारस्पिरिक अन्तरसम्बन्ध, सुझाब अन्रकृया, छलफल लगायतका बिषयमा दुईदिनको बैठक केन्द्रीत रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*