कर्मचारी सम्मान, वर्षभरीका गतिबिधि सार्बजनिक

जनपत्र
२९ जेष्ठ २०७६, बुधबार ०८:३६

हेटौंडा । प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले एक बर्षको अवधिमा धेरै खालका कामको सुरुवात गरिएको बताउनु भएको छ । प्रदेश नीति तथा योजान आयोगको आज एक बर्ष पुगेको अवसरमा धेरै समस्या र चुनौतीका बिच पनि काम गरिएको बताउनुभयो ।

बार्षिक उत्सबका अबसरमा कार्यालय सञ्चालन हुँदाका एक जना पुराना कर्मचारी सातौ तहका अधिकृत चिरन्जीबी पौडेललाई दोसल्लाह ओढाएर सम्मान गरिएको छ । एक जना मात्र हुँदा पनि समस्यानै समस्याका बिच पनि निरन्तर काम गरेको भन्दै उहान्लाई आयोगका उपाध्यक्ष देबकोटा, मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगनाथ थपलियाले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा आयोगका सदस्यहरु श्याम कुमार बस्नेत, प्राध्यापक डाक्टर रामचन्द्र ढकाल, डाक्टर एमुना कडेल लगायतकाको उपस्थिती रहेको थियो ।

यो अवधिमा प्रदेशको आधारपत्र तयार गरिएको छ । मागमा आधारित योजनामा बनाइएको छ । उपभोक्ता समितिको गठन निर्देशिका बनाइएको छ । कानुनहरुको बिवरण तयार गरेर प्रकाशन गर्न तयार गरिएको छ । परियोजना बैक तयार गरेर काम सुरु गरिएको छ । उपाध्यक्ष देबकोटाको अध्यक्षतामा परियोजना बैक तयार गरिएको हो ।

प्राथमिकता र मापदण्डका आधारमा काम गरिएको छ । अनुगमन र मस्यौदा तयार गरिएको छ । १३ जिल्लालाई केन्द्रीत गरेर प्रदेशको प्रोफाईल तयार गरिएको उहाँले बताउनुभयो । एक सय १९ वटै स्थानीय तहको प्रोफाइल तयार गरिएको छ । कुन स्थानीय तहको के कस्तो अवथा छ त्यसलाई हेरेर प्रोफाईल तयार गरिएको हो । तयार गरिएको किताब स्थानीय तह समन्वय परिषद बैठकमा सार्बजनिक गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

हरेक स्थानीय तहको मानब बिकाश सुचकांक तयार गरिएको छ । पुर्बाधार सुचकांकको पनि तयार गरिएको छ । चितवनमा निजी क्षेत्र संगको अन्तरकृया कार्यक्रम गरिएको छ । सुरुमै निजी क्षेत्रको सहकार्यमा काठमाण्डौमा पनि कार्यक्रम गरिएको थियो । आयोगले समस्या, जटिलता र अभाबका बिचमा पनि धेरै काम गर्न सफल भएको उपाध्यक्ष देवकोटाले बताउनुभयो । आयोगलाई स्वीकृत बार्षिक बजेट ४ करोड ७१ लाख रुपैयाँमा बैशाख सम्ममा एक करोड ७५ लाख रुपैयाँ खर्च गरिएको उहाँले बताउनुभयो । आयोगले ३८ प्रतिशत रकम खर्च गर्न सफल भएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*