तातोपानी नाका खुलेकै दिनदेखि बन्द !

जनपत्र
२८ जेष्ठ २०७६, मंगलवार ०६:२६

चीन सँगको पुरानो नाका तातोपानी भूकम्पछि बन्द भएर निकै तामझामका साथ २ साता अघि पुनः सञ्चालन भयो। ४९ महिनापछि निकै कसरतपछि सञ्चालनमा आएको नाकामा चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो।जेठ १७ गतेबाट सञ्चालन गर्ने सहमति भए पनि २ दिनअघि नै नाका सञ्चालनमा आएको थियो।

१२ दिनअघि सञ्चालनमा आएको नाका त्यसपछि बन्द जस्तै भएको खबर आजको कारोबार दैनिकमा दोलखाबाट दिलबहादुर केसीले लेखेका छन्। सञ्चालनमा आएको दुई साता वित्न लाग्दासमेत ती चारवटा कन्टेनर बाहेक न त चिनियाँ पक्षले अरु गाडीलाई प्रवेश दियो न त चिनियाँ गाडी नेपालतर्फ आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*