भारत निर्यात गर्नेले पनि नगद अनुदान पाउने

नेपालबाट भारत निर्यात हुने निश्चित वस्तुमा सरकारले नगद अनुदान दिने भएको छ। तेस्राे मुलुकमा निर्यात गर्दामा पाइरहेका व्यवसायीहरुले अवदेखि भारत निर्यात गर्दा पनि अनुदान दिने भएको छ। तर सिमित वस्तुको निर्यातमा मात्र व्यवसायीहरुले यस्ताे सुविधा पाउने छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्नालयका सहसिचिव मधु मरासिनीले भारत निर्यात गर्दा अनुदान पाउने वस्तु वर्गीकरण गरिएको जानकारी दिए। उनका अनुसार फूल र तरकारी निर्यात गर्दा पाँच प्रतिशत अनुदान पाउने छन्। त्यस्तै प्रसाेधित अलैंची,अदुवा र बेसार निर्यात गर्दा पनि पाँच प्रतिशत अनुदान पाउने छन्। त्यस्तै जुत्ता निर्यात गरेबापत व्यापारीहरुले ३ प्रतिशत अनुदान पाउने छन्।