आईएलओ सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : नेपाल लगानीको उपयुक्त गन्तब्य

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जेनेभामा सम्बोधन गरेका छन् । शतवार्षिकी समारोहमा विशेष सम्बोध गर्न पाएकोमा प्रधानमन्त्री ओलीले खुशी व्यक्त गरे। उनले सम्बोधनका क्रममा नेपालमा औद्योगिक श्रम सम्बन्ध अत्यन्त सुमधुर रहेको बताए । ‘नेपाल लगानीका लागि अत्यन्त उपयुक्तस्थल बन्दै गएको विश्व समुदायलाई जानकारी गराउँछु’, उनले भने, ‘सरकार, रोजगारदाता र ट्रेड युनियनबीच सौहाद्रपूर्ण सहकार्यमा श्रम तथा सामाजिक सुरक्षा ऐन पारित भएको छ। त्यसमा आईएलओबाट पाएको सहयोगको प्रशंसा गर्छु।’ निजीक्षेत्रको टोली पनि सँगै प्रधानमन्त्रीको नेतृत्वमा नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै निजी क्षेत्र पनि टोलीमा छ । उच्चस्तरीय प्रतिनिधिमण्डलमा रोजगारदाताका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी छ । कार्यक्रममा नेपालका सरकारी अधिकारीसहित महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल र महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति थियो ।