धरानमा डेंगु सक्रमितको संख्या ३ सय ६८ पुग्यो, किन फैलिँदैछ यसरी संक्रमण ?

जनपत्र
२८ जेष्ठ २०७६, मंगलवार ०६:०४

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सोमबार थप ५४ जनामा डेंगु संक्रमण पाइएको छ। धरानमा डेंगु संक्रमितको संख्या तीन सय ६८ पुगेको खबर आजको कान्तिपुर दैनिकमा धरानबाट प्रदीप मेन्याङ्बोले लेखेका छन्।

मनसुन सुरु हुनु अगावै डेंगु महामारी फैलाउने एडिज एजिप्टाई र एडिज एल्बो पिकस जातिको मच्छरको अण्डा, लार्भा र प्युपा नष्ट गर्न व्यापक रूपमा ‘सर्च एन्ड डेस्ट्रोय’ अभियानलाई पूर्ण रुपमा सफल बनाउन चिकित्सकहरुले प्रशासनलाई सुझाव दिएका छन्। स्थानीय प्रशासनले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान संचालन गरिरहेपनि संक्रमितको संख्या भने दिनदिनै बढेको बढ्यै छ। सोमबार अपरान्ह चार बजेसम्म धरानमा डेंगु संक्रमितको संख्या ३ सय ६८ पुगेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*