हेटौंडामा भ्रष्टाचारका बिरुद्धमा नागरिक सचेतना

बौद्धिक बर्गकै कारण भ्रस्टाचार बढ्यो–अख्तियार
जनपत्र
२७ जेष्ठ २०७६, सोमबार १६:२१

हेटौंडा । भ्रष्टाचारका बिरुद्धमा नागरिकहरु सचेत बन्दै जानुपर्ने आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । भ्रष्टाचार विरुद्ध नागरिक सचेतना अभियान अन्तरगत भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरले आज हेटौंडामा आयोजना गरेको पत्रकारसंग अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा यस्तो बताईएको हो ।

कार्यक्रममा भ्रस्टाचार अन्त्य गर्न घुस दिने काम नै बन्द गरिनुपर्ने बताईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका उपसचिव शिवराज रेग्मिले बौद्धिक बर्गकै कारण भ्रष्टाचार मौलाएको गुनासो गर्नुभयो । उपसचिव रेग्मीले अख्तियार उच्च मनोबल राखेर भ्रस्टाचार निवारणमा लागिपर्दै आएको बताउनुभयो ।

गोप्यतालाई ब्यवस्थापन गर्दै भ्रस्टाचार रोक्न लागिपरेको संस्थाको लागि आम नागरिकको साथ अपरिहार्य रहेको उपसचिव रेग्मिले बताउनुभयो । अख्तियारका उपसचिव रेग्मिले फर्जी मुद्दालाई स्कृनिङ्ग कमिटीले काम गर्नेगरेको बताउनुभयो । उजुरीकर्ताको सुरक्षाको ब्यवस्था नभएकोले बेनामी उजुरी लिन पर्ने बाध्यता रहेको उनले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार प्रदेश ३ को अध्यक्ष प्रताप बिष्टले भ्रस्टाचार निवारणको लागि जीवन शैली सरल हुनुपर्ने बताउनुभयो । पछिल्लो समय समाजमा जीवनशैली सरल बनाउन धेरै गाह्रो हुन थालेको अध्यक्ष बिष्टले बताउनुभयो । “ समाजमा निष्ठाको खडेरी चलेको छ“ बिष्टले भन्नुभयो । फर्जी मुद्दाको चाङ्गलाई नियन्त्रण गरेर र उजुरी मै छुट्याएर काम सुरु गर्नुपर्ने उनले बताउनुभयो । झुटामुद्दामा अख्तियार अल्झेर बस्ने परिपाटीको अन्त्य हुनुपर्ने अध्यक्ष बिष्टले बताउनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईले भ्रस्टाचारको शैली परिबर्तन भएपनि अनियमितता झनै बढेको बताउनुभयो । “भ्रस्टाचार पनि नीतिगत रुपमा हुन थालेको छ “ अध्यक्ष हुमागाईले भन्नुभयो । उच्च पद र प्रतिष्ठामा बसेकाहरुले बडी भ्रष्टाचार गर्ने गरेको बताउनुभयो । कार्यक्रम संस्थाको अध्यक्ष देबप्रसाद श्रेष्ठले भ्रष्टाचार निवारणको लागि निगरानी, खबरदारी गर्न यो संस्था लागिपर्ने बताउनुभयो । संस्थाका सचिब शुरेस श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रममा निगरानी संस्थाका पदाधिकारीहरु, सदस्यहरु जिल्लामा सक्रिय पत्रकाहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*