क्रिकेट रंगशालाको डोजर चलाएका नेकपा कार्यकर्ता कँडेलले माफी मागे

चितवनको रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बार भत्काएको आरोपमा पक्राउ परेका मुख्य आरोपी प्रकास कँडेलसहित ४ जना छुटेका छन् । कँडेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं र सुरेन्द्र विक रिहा भएका हुन् । उनीहरुलाई आइतवार राति हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । अनुसन्धान अधिकृतले आवश्यक परे फेरि बोलाउने गरी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधान अनुसार रिहा गरिएको प्रहरी नायव उपरीक्षक दीपेन्द्र साहले बताए । उनीहरुलाई प्रदेश सांसद विजय सुवेदी र भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितिमा फेरि गल्ती नदोहोर्याउने शर्तमा रिहा गरीएको प्रहरीले जनाएको छ ।