चार दिनमा ‘भारत’ को कमाई १ सय २२ करोड

जनपत्र
२७ जेष्ठ २०७६, सोमबार ०६:२९

सिनेमा घरमा हाउसफुल शोपछि अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ प्रदर्शनको चार दिनमा सय करोड क्लबमा इन्ट्री भएको छ । अभिनेता सलमान खान र खभिनेत्री कटरीना कैफ स्टारर यस फिल्मले बक्सअफिसमा एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको छ । ‘भारत’ सलमानको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म साबित भएको छ ।
यस फिल्मको फर्स्ड डे कमाई ४२ करोड ३० लाख थियो, जसले सलमानको फिल्म ‘प्रेम रतन धन पायो’ (४० करोड ३५ लाख) को रेकर्ड तोडेको थियो । ‘भारत’ ले दोस्रो दिन ३१ करोड र तेस्रो दिन २२ करोड २० लाखको व्यापार गरेको छ । चौथो दिन पनि फिल्मले बक्सअफिसमा आफ्नो दबदबा कायमै राख्यो । चौथो दिन फिल्मले २६ करोड ७० लाख छापेको छ ।
ट्रेड एनालिस्ट तरुण आदर्शले ट्वीटमार्फत् फिल्मले प्रदर्शनको चार दिनमा भारतबाट मात्र कुल १ सय २२ करोड २० लाखको व्यापार गरेको जानकारी गराएका छन् । यो फिल्मसँगै सय करोड क्लबमा सबैभन्दा धेरै फिल्म सलमानको भएको छ । उनको १४ वटा फिल्म सय करोड कमाएका छन् । यसमा तीन सय करोड कमाउने फिल्म तीनवटा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*