महिलाहरुलाई लैङ्गिक समानता प्रदान गर्न सामाजिक न्यायको आवश्यकता

शान्ति तामाङ (लामा)
३० फाल्गुन २०७८, सोमबार ०७:१६

भर्खरै अन्तर्राष्टिय श्रमिक महिला दिबश सम्पन्न भएको छ । यस बर्षको अन्र्तराष्ट्रिय श्रमिक महिला दिबशको नारा सामाजिक न्याय र लैगिंक समानता ः दिगो बिकाशको सुनिश्चितता भन्ने रहेको थियो । महिलाको सबालको बारेमा दिबशिय कार्यक्रममा मात्र उठान हुने मात्र नभई सधै बहस हुनु पर्दछ ।

मानब अधिकारको बिश्वब्यापी घोषणा पत्रको धारा २ ले लिगं समेतका आधारमा कुनै पनी किसिमको भेदभाब बिना प्रत्येक ब्यक्तिलाई यस घोषणा पत्रमा उल्लेखित अधिकार र स्वतन्त्रताहरुको अधिकार हुनेछ भन्ने उल्लेख गरिएको छ । त्यसै गरि महिला बिरुद्धका सबै प्रकारका भेदभाब उन्मुलन गर्ने सम्बन्धी महासन्धि १९७९ को धारा १ ले महिला बिरुद्धको भेदभाब भन्नाले पुरुष र महिला बिचमा जस्तोसुकै बैबाहिक स्थीती भएपनी राजनैतिक, आर्थिक, समाजिक ,सास्कृतीक, नागरिक र अन्य कुनै पनी क्षेत्रमा पुरुष र महिला बिच समानताका आधारमा महिलाहरुको मानब अधिकार र मौलिक हक स्वतन्त्र रुपमा उपभोग गर्न पाउनु पर्दछ भनि उल्लेख भएको छ । महिला र पुरुष बिच समानताको आधारमा अन्तर्राष्टिय स्तरमा भएका घोषणापत्र, महासन्धि, र राष्टिय स्तरमा बनेका संबिधान, कानुन द्धारा महिलाले उपभोग र प्रयोग गर्न पाउने अधिकार र स्वतन्त्रलाको ब्यबस्था गरिएको छ ।

लैगिंक हिंसालाई महिला बिरुद्धको हिंसा अर्थात मानबता बिरुद्धको हिंसाको रुपमा पनी लिईन्छ । महिलाको निजि बा सार्बजनिक जीबनमा शारीरिक, यौनिक तथा मनोबैज्ञानीक रुपमा आघात पुराउने गरि लिगंमा आधारित भई संचालन गरिने कृयाकलाप वा अन्य किसिमले आघात पुराउने धम्की,दवाब वा स्वतन्त्रता बाट बन्चित गर्ने कार्यलाई महिलाबिरुद्ध हुने हिंसा भनिएको छ । देशको बिध्यमान कानुनको कायान्वयन गर्ने क्रममा समाजमा धेरै परिवर्तन भयो तर मानव बेचविखान प्रभावित तथा एच.आई.भि संक्रमित तथा प्रभावित बालबालिकाहरुले प्रभाबकारि रुपमा परिवर्तनको महसुस गर्न पाएको देखिदैन । महिला को पक्षमा कानुन भएता पनी त्यसको प्रभाबकारि कार्यान्वयनको अभाबले गर्दा महिलामाथि उत्पीडन र अत्याचार निरन्तर छ भन्नुमा अत्युक्ती नहोला । घर–परिवार र समुदाय स्तरमा महिला हिंसाका घटनाहरुमा उल्लेख्य कमि आउन सकेको छैन ।

आज हजारौँको संख्यमा महिलामाथि घरेलु हिंसा, बलात्कार, बोक्सी आरोपमा दुव्र्यवहार, मानव बेचबिखन अनगिन्ती अत्यासलाग्दा घटनाहरु हुने गरेका छन् । यसबाट महिलाले भोग्नुपरेको जीवन कति कहाली लाग्दो होला ? के हामी अनुमान गर्न सक्छौ ? मानसिक, शारीरिक तथा सामाजिक रुपमा महिलाहरुमाथि हुने यस्ता हिंसाबाट मुक्त गर्नु सबै सचेत नागरिकको कर्तव्य र दायित्व हो । हामी कस्तो समाजमा बाँच्ने, हाम्रो समाज कस्तो बनाउने ? यसमा हामी सबैको साझा चिन्तन र चासो हुनु पर्दछ । उन्नत र समानतामुलक समाज निमार्णमा सामुहिक प्रयास हुन जरुरी छ । तबमात्र न्यायमूलक, सभ्य र सुसंस्कृत समाज निर्माण हुन सक्छ र नेपालले अंगिकार गरेको सुखि नेपालि र समृद्ध नेपाल बन्न सक्दछ ।
मानवसमाजको उत्पत्तिदेखि नै महिला र पुरुषको शरीरको भिन्नताको आधारमा प्राकृतिक लिंग र सामाजिक लिंग गरि कार्यको बाडफाड गरिरहदा प्रकृतीले नै जिम्मेबारि लगाएको भुमिका निर्बाह हामी सबैले गरिनै रहेका छौ । तर सामाजिक लिंगको आधारमा समाजका ठालुहरुबाट महिलालाई हिंसागर्ने नियतले फरक जिम्मेवारी निर्धारण गर्दा आज महिला र पुरुषको हैसियत फरक हुन पुगेको छ । समाजमा महिलाको स्थान पुरुषको तुलनामा कमजोर, नगन्य र दोश्रो दर्जाको नागरिक झै को हैसियत रहको छ ।

परिवार र समाजको बनावट, सामाजिक व्यवहार सबै पक्षको अवलोकनबाट यो निष्कर्षमा पुग्न सकिन्छ कि पितृसत्तात्मक राज्य ब्यबस्था बाटनै महिलालाई विभेद गर्ने अभ्यासको थालनी भयो । त्यस कारण यसलाई राज्यस्तर बाटै संबिधानको प्रभाबकारि कार्यान्वयन गरि समाधान गरिनु पर्छ । महिलाहरुलाई राज्यको बहिष्करणको श्रृङ्खलाबाट निरीह, अधिकार विहिन बनाइएको परिमाण आज महिलाहरुमाथि चर्को दमन र थिचोमिचो भएको पाईन्छ ।

हामी अनुभुती गर्न सक्छौ कि थिचोमिचो र उत्पीडन कमजोर वर्गमाथि बलशाली वर्गबाट भईरहेको छ । कमजोर बनाउनु र दमनमा पार्नु एकाध व्यक्ति र समाजबाट हुन सक्दैन । यो समस्या राज्यले एउटा संरचना निर्माण गरेर समाजिक ब्यबस्थाको अभ्यास गरेपछि भएको हो । त्यसैले समाजबिज्ञानको अध्ययन र अनुसन्धानबाट प्रामाणिक रुपमा प्रष्ट भयो कि इतिहासदेखि राज्यले महिला बन्धन र उत्पीडमा प्रत्यक्ष परोक्ष ढंगले भुमिका खेलेको छ । सामाजिक, आर्थिक,शैक्षिक रुपमा समाजको पिधमा, राजनैतिक पहँुचविहिनता, स्वास्थ्यमा जोखिम, महिला बेचबिखन, पैतृक सम्पति,वंशजको अधिकार,प्रजनन अधिकारबाट विमुख यस्ता थुप्रै महिलाका समस्याहरु छन् । न्यायमूलक, सभ्य र लोकतान्त्रिक राज्यमा महिलाका यस्ता समस्या समाधान हुनुपर्छ ।

समाजको ठुलो हिस्सा चरम दमन र अधिकारबाट वञ्चित भइरहने समाज र राज्य प्रगति र सम्वृद्धि उन्मुख बन्न सक्दैन । यो समग्र प्रगतिको बाधक हो । त्यसकारण महिलालाई आर्थिक सामाजिक अधिकार,राजनैतिक प्रशासनिक प्रतिनिधित्व, शैक्षिक अवसरमा पहुच निर्माण गरी महिलाको समग्र हकको सुनिश्चितता गरी स्वतन्त्रता सहितको सम्मानित र पुरुष सरहको समान हैसियत कायम गर्न एउटा विकास र अग्रगतिमा लाग्ने मुलुकको जिम्मेवारी हो ।

नेपालका पटक पटकका राजनैतिक संघर्षमा महिलाहरुको ठुलो योगदान रहि आएको छ तर प्रतिफल महिलामुखी हुन नसकेको यर्थाथ सबैले महसुस गरेको सर्बविधितै छ । महिलाहरुको अधिकार र न्यायका लागि शसक्तीकरणका प्रभावकारी कार्यक्रम जरुरी छ । महिलालाई सक्षम बनाउन संवैधानिक व्यवस्था र ऐनले मात्र पुग्दैन । शैक्षिक, आर्थिक राजनैतिक रुपमा सबल बनाउने कार्यक्रमको तर्जुमा र कार्यान्वनमा जोड दिनुपर्छ । यसो गरिएको खण्डमा मात्र महिलाहरुले स्वतन्त्रतापूर्वक जीवनयापन गर्न सक्षम हुन्छन् । स्वतन्त्रताबिना अधिकार उपभोगको अवस्था सृजना हुँदैन । त्यसकारण समान अधिकार र एच.आई.संक्रमितहरुमाथि हुने भदभाव हिंसाबाट मुक्तिका लागि संवैधानिक व्यवस्था तथा व्यवस्था अनुरुपका कार्यक्रम सघन रुपमा सञ्चालन गर्नु नेपाली गणतान्त्रिक लोकतान्त्रिक राज्यको मूल दायित्व हो ।

शान्ति फाउण्डेशनले महिलाको न्यायमा पहुच पुराउन, बैदेसिक रोजगारमा जाने महिलालाई जोखिममा नपरुन भन्ने उद्धेश्यले बकालत गर्नुका साथै एच आई भि र एड्स, पाठेघरको मुखको क्यान्सर र यौन जन्य संक्रमण बाट बिपन्न महिला लाई जोगाउन योगदान गरिरहेको छ । आफ्नै मुलुकमा रोजगारिको सिर्जना गर्न नसकेकै कारण असंख्य नेपाली बैदेशिक रोजगारको नाममा ठगीमा परिरहेका छन् । शान्ति फाउण्डेशनले बैदेशिक रोजगारमा गएका नेपालि नागरिकलाई सचेत तुल्याउन सहयोग गर्नुका साथै सरकारलाई संरक्षण प्रणालिको सुदृढिकरण र निति निर्माणमा सहयोगि को भुमिका समेत निर्बाह गर्दै आईरहेको छ ।

बैदेशिक रोजगारको पक्ष हेर्दा जती सुन्दर र रमाईलो छ त्यो भन्दा धेरै गुणा बढि पिडाले भरिएको छ । तसर्थ शान्ति फाउण्डेशनले स्थानीय पालिकाहरुमा हाम्रो सम्मान परियोजनाको प्राबिधिक सहयोगमा पालिका स्तरिय र बडा स्तरिय मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका सदस्य ज्युहरु संग बार्षिक समिक्षा र आगामी बर्षको योजना का बारेमा छलफल गरि मानब बेचबिखन र ओसार पसार नियन्त्रणमा पालिकालाई थप जिम्मेबार बन्न सहकार्य गरिरहेको छ ।

हरेक वर्ष हामीले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छौँ । यो दिवस महिला अधिकारका सम्वन्धमा सचेतता निर्माण गर्न मनाउने गरिको हो । महिला अधिकारका लागि सामूहिक आवाज निर्माण गर्न र दबाब सिर्जना गर्न यो दिवस उपलब्धीमुलक हुनु पर्दछ । यस वर्षको नारा अनुरुप सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता अनुरुप अब कार्य प्रारम्भ गर्न पर्ने हुन्छ । महिलाहरुलाई लैङ्गिक समानता प्रदान गर्न सामाजिक न्यायको आवश्यकता छ । त्यसो भएमा मात्र दिगो विकास सम्भव छ भन्ने सन्देश बोकेको यस वर्षको नाराको मर्मलाई सार्थक बनाउन हामी सबै आ–आफ्नो क्षेत्रबाट अघि बढौँ । यस अभियानमा शान्ति फाउन्डेसन सबैसँग सहकार्य गरेर अगाडि बढ्न अपिल गर्दछ ।

लेखक शान्ति फाउण्डेशनका कार्यकारि निर्देशक हुनुहुन्छ ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*