मकवानपुरका स्थानीय तह र सुरक्षा निकाय बिपद्को तयारीमा जुटे

हेटौंडा । मकवानपुरका स्थानीय तहले आफुहरु बिपद्को पुर्बतयारीमा रहेको जानकारी गराएका छन् । गाउँपालिका स्तरबाट हुन सक्ने सामान्य तहको तयारीमा आफुहरु जुटेपनि ठुला खालका बिपद्मा समस्या हुने गरेको उनीहरुले बताएका छन् ।
जिल्ला विपद् व्यावस्थापन समिति मकवानपुरको आयोजनामा जिल्लामा बिपद्को पूर्ब तयारी तथा प्रतिकार्ययोजना अधावधीक कार्यशाला २०७६ का अवरसरमा सहभागि स्थानीय तहका प्रमुखहरुले यस्तोकुरा बताएका हुन् । वर्षायाम सुरु हुनुभन्दा पहिलेनै बिपद्को तयारीमा लागिएको उनीहरुले बताएका छन् । यता तीन वटै सुरक्षा निकायका प्रमुखहरुले बिपद्का लागि आफुहरु तयारी हालतमा रहेको बताए ।
कार्यक्रममा मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, बागमती गाउँपाकिलाका अध्यक्ष सर्केस घलान लगायतकाले आफ्ना गाउँपालीकामा बिपद्को सामान्य तयारी भएपनि चट्याङ, बाढी, पहिरोको ठुलो समस्या भएकाले तीनै तहकका सरकारको सहयोग आवस्यक रहेको बताएका छन् ।
गढी र भिमफेदीमा चट्याङका कारण बढी समस्या भएका बताइएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, मकवानपुरका बिभीन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।