सबैको तिवारी दाई, बाल्टिनमा मिठाई बेचेर मासिक ३० हजार (हेर्ने कथा)

सबैले तिवारी दाई भनेर चिनिने रामशरण तिवारी हरेक दिन भाले बासेसंगै उठ्नुहुन्छ अनि मिठाई पकाउन सुरु गर्नु हुन्छ । मकवानपुरगढि ६ भालुखोलामा सानो खाजा पसल छ तिवारीको तर उहाँ घाम झुल्केसंगै बाल्टिनभरि जेरी, लालमोहन र समोसा हालेर काँधमा एउटा माईक बोकेर गीत गाउँदै गाउँतिर बेच्नलाई हिँड्नु हुन्छ । गाउँ जाने गाउँभरि डुलाउँदै मिठाई बेचेर ११ बजेतिर घर फर्किनुहुन्छ । उहाँले एक दिनमा दुई हजारदेखी पच्चिस सय सम्मको व्यापार गर्नुहुन्छ जसबाट दैनिक एक हजारजति फाईदा हुने गरेको बताउनु हुन्छ । उहाँ सानैदेखि धेरै होटलहरुमा मिठाई बनाउने काम गर्नुहुन्थ्यो तर अहिले आफ्नै खाजा पसल खोल्नु भएको हो । आफ्नै हातको पौरख र मेहेनतमा बिश्वास गर्ने तिवारी त्यसको साथै कपाल काट्ने पनि गर्नुहुन्छ । मेहेनत गर्नेहरुको लागि नेपालमा अबसर नै अवसर रहेको बताउनु हुने तिनै तिवारीसंग गरिएको कुराकानी तल हेर्नुहोस ।
यो पनि हेर्नुस