लायन्स क्लब हेटौंडाको मधुमेह कार्यक्रम उत्कृष्ट

हेटौंडा–लायन्स क्लब अफ हेटौंडाले कर्रा स्थित आफ्नो सचिवालयमा दैनिक विहान ७ः३०–९ः०० सम्म सञ्चालन गर्दै आएको मधुमेह रगत परिक्षण तथा सचेतना कार्यक्रम उत्कृष्ट भै पुरस्कृत भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय, डि«स्टिक ३२५ बि २ ले गत शुक्रबार काठमाडौंमा आयोजना गरेको चौथो क्याबिनेट बैठक तथा पुरस्कार वितरण सभामा गभर्नर पि.एम.जे.फ. लायन सुनिल ओझाले उक्त क्लबका अध्यक्ष पि.एम.जे.फ लायन सुदर्शन प्रसाद अधिकारीलाई उत्कृष्ट मधुमेह कार्यक्रम को सम्मान प्रदान गर्नु भयो । सोही समारोहमा उक्त क्लुबलाइ उत्कृष्ट क्लुब, अध्यक्ष लायन अधिकारीलाई उत्कृष्ट अध्यक्ष, सचिब लायन रमेश गिरीलाइ उत्कृष्ट सचिब तथा कोषाध्यक्ष लायन हरिबशं भेटवाललाइ उत्कृष्ट कोषाध्यक्षको रुपमा सम्मान गरिएको छ ।