नसर्ने रोगको समस्या जटिल बन्दै

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा नसर्ने रोग सम्बन्धी मकवानपुरका सञ्चारकर्मीहरु संग अन्तक्रिया कार्यक्रम गरिएको छ । नसर्ने रोगका अहिलेका समस्या बच्ने उपायका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत विदुर झाले कार्यक्रममा सहजीकरण गर्दै नसर्ने रोग नेपालमा पछील्लो समयमा निकै बढ्दै गएको बताउनुभयो । नसर्ने रोगकै कारण धेरैले समस्या बेहोर्नुपरेको उहाँको भनाई छ । नसर्ने रोगबाट सबैले बेलैमा बच्नुपर्ने उहाँले बताउनुभयो । विश्वमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगहरुबाट हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना कुमारी लामाले हेटौंडा उपमहानगर भित्रको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । नसर्ने रोगको निकै समस्या भएकाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आफुहरु लागिपरेको बताउनुभयो । हेटौंडा उपमहानगरपालिका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्कीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।