नेपालमा पहिलो पटक वास मेला सुरु

पालमा पहिलो पटक खानेपानी सरसफाई मेला सुरु भएको छ। शहरी क्षेत्रको खानेपानी तथा सरसफाईमा भइरहेको गतिबिधि, उपलब्धी, यससंग सम्बन्धित कानुन, तथा बिभिन्न प्रबिधिका बारेमा जानकारी दिनका लागि दुई दिने मेला आयोजना गरीएको नेपाल नगरपालीका संघका अध्यक्ष तथा धुलिखेल नगरपालीकाका मेयर अशोक ब्यान्जूले जानकारी दिए।
खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने सरकारी तथा बिभिन्न गैर सरकारी निकाय, बिज्ञ सबै सरोकारवाला निकाय एकै स्थानमा भेला भएर यससंग सम्बन्धित बिभिन्न गतिबिधिका बारेमा जानकारी दिनका लागि बिभिन्न स्टल नै राखेर मेला आयोजना गरिएको छ। मेलामा खानेपानी सरसफाई संग सम्बन्धित प्रर्दशनी संगै ४ सत्रमा बिभिन्न बिषयमा छलफल तथा बहस समेत हुनेछ।
काठमाडौको बसन्तपुरमा आयोजना गरीएको दूई दिने वास मेलाको उद्घाटन खानेपानी मन्त्री विना मगरले गरे। राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा ‘वास मेला’ सुरु भएको हो। मेलामा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित २४ वटा स्टल राखिएको छ।