रीमासँग भुवनले गरे विवाह !

जनपत्र
२५ जेष्ठ २०७६, शनिबार १२:०३

नझुकिनुस्, अभिनेता भुवन केसीले वास्तविक जीवनमा अभिनेत्री रीमा विश्वकर्मासँग विवाह गरेका होइनन् । केही दिनदेखि नवलपरासीमा फिल्म ‘मिस्टर नेपाली’ को छायांकन भइरहेको छ । यस फिल्ममा अभिनेता भुवनको दोहोरो भूमिका छ । पिता र छोराको भूमिकामा उनी प्रस्तुत हुँदैछन् । उनको जोडीको रुपमा अभिनेत्री रीमा छिन् । बिहीवार फिल्मका लागि रीमा र भुवनको विवाहको दृश्य खिचिएको हो ।
दुईको रिल विवाहका लागि निर्माण टिमले आकर्षक मण्डप तयार गरेको छ । भने, भुवन र रीमा दुलहा-दुलहीको पहिरनमा निकै सुन्दर देखिएका छन् ।  ‘मिस्टर नेपाली’ मा भुवन र रीमा श्रीमान्-श्रीमतीको भूमिकामा देखिने प्राप्त तश्बिरबाट स्पष्ट हुन्छ । देव भुषालको डेब्यू निर्देशन रहेको फिल्ममा प्रेमराज दाहालको लगानी छ । फिल्मलाई निरज कँडेलले खिचिरहेका छन् । कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । साहिल श्रेष्ठ र कुशुम राउतले यो फिल्मबाट डेब्यू गर्दैछन् । फिल्मका गीतमा दीपक शर्मा र सुभाष भुषालले संगीत भरेका छन् ।
फिल्मीखबरबाट
फिल्ममा हिमाल केसीको द्वन्द्व रहनेछ । कविराज गहतराजले फिल्मका गीतमा कोरियोग्राफी गर्नेछन् । यस फिल्ममा विदेशमा बस्ने नेपालीले आफ्नो देशलाई गर्ने प्रेम देखाइने निर्देशक भुषाल बताउँछन् । फिल्मको कथा पनि उनकै हो । ‘मिस्टर नेपाली’ को छायांकन स्थलबाट भुवन र रीमा दुलहा-दुलही भएको तश्बिर बाहिरिएसँगै दर्शकमा फिल्मप्रति निकै कौतुहलता बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*