७ वर्षपछि ‘राउडी राठोर’को सिक्वेल बन्दै

जनपत्र
२५ जेष्ठ २०७६, शनिबार ११:५७

बलिउडमा केही वर्षयता सुपरहिट फिल्मको सिक्वेलको लहड चलेको छ । एकाधबाहेक भारतीय दर्शकले पनि ब्लकबस्टर फिल्मको सिक्वेल रुचाएका छन् । मेकर्स पनि नयाँ नाममा फिल्म बनाउनुभन्दा सुपरहिट फिल्मको सिक्वेल बनाउन कम जोखिमपूर्ण मान्दछन् । सिक्वेलको यस समयमा अभिनेता अक्षय कुमारको अर्को एक सुपरहिट फिल्मको पनि सिक्वेल बन्ने भएको छ ।
अक्षय कुमार र सोनाक्षी सिन्हाको जबरदस्त एक्सन-कमेडी-रोमान्टिक जनराको फिल्म ‘राउडी राठोर’ को दोस्रो पार्ट निर्माण गर्ने तयारीमा निर्माता जुटेका छन् । यस फिल्मको सिक्वेललाई लिएर अक्षयले पटक-पटक इच्छा व्यक्त गरेका थिए । सन् २०१२ मा प्रदर्शनमा आएको फिल्मको सिक्वेलका लागि केही समयदेखि निर्माण टिम स्क्रिप्टमा वर्कआउट गरिरहेको भारतीय मिडियाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*