१० हजार लेनदेनको विवादमा अपहरण परेकी बालिकाको शव क्षतविच्छेद

उत्तर प्रदेशको अलीगढमा पैसाको लेनदेलनको विवादमा अढाई वर्षकी बालिकाको हत्या भएको छ । प्रहरीले घटनाको जाँचको लागि एआईटी गठन गरेको छ । बालिकाको शव क्षतविच्छेद हालतमा नालीमा भेटिएको थियो । घटनामा सलंग्नको आशंकामा दुई जना व्यक्ति पक्राउ परेका छन् । यो घटना अलीगढको टप्पलको हो । मे ३१ को दिन बालिका हराएकी थिइन् । उनका अभिभावकले आफ्नो छोरी हराएको मुद्दा पनि दायर गरेका थिए । तर जुन २ मा नालीमा बच्चीको शव भेटियो ।
अलीगढका वरिष्ठ प्रहरी अधिकारी आकाश कुलहरीले घटनाबारे बोल्दै भने ,‘ प्रारम्भिक जाँचमा आपसी दुश्मनीको घटनाजस्तो देखिन्छ । बच्चीको पितासँगको सोधपुछमा केही दिन पहिले उनको छिमेकीमा बस्ने जाहिद नामका व्यक्तिसँग पैसालाई लिएर झगडा भएको बताए । घटनापछि बालिकाको परिवारलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिइएको रहेछ ।’
अनुसन्धानका क्रममा बच्चीको अभिभावकले जाहिदसँग १० हजार ऋण लिएको देखिएको छ । तिनले सो रकम तिर्न नसकिरहेको अवस्थामा बालिकाको अपहरण पछि हत्या भएको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार घटनासम्बद्धमा दुई आरोपी जाहिद र असलमलाई पक्राउ गरिएको छ । दुवै जना मृत बालिकाको परिवारको छिमेकी हुन् ।