टोल बिकाश संस्थाका सदस्यहरुलाई नेतृत्व बिकाश तालिम

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर ४ का टोलबिकास संस्थाका सदस्यहरुका लागि नेतृत्व बिकाश तालिम दिइएको छ । वडा कार्यालयको आयोजना तथा सृजनसिल नेपालको व्यावस्थापनमा तालिम भएको हो ।
‘बिकाशमा समुदायको परिचय स्वस्च सफा र सुन्दर समाज निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ वडाभरीका हरेक टोल बिकाश संस्थाका सदस्यहरुलाई एक दिनका दरले तालिम दिइएको हो । तालिममा सृजनसिल नेपालका अध्यक्ष शान्ता बराल, डाक्टर एम सिल्वाल, धुर्ब भूजेल लगायतकाले सहजीकरण गर्नुभएको थियो ।