प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हेटौंडाका बेरोजगारले काम पाउँदै

एक सय ५० जनालाई रोजगारी दिन एक करोड खर्च गर्ने तयारी ।
जनपत्र
२५ जेष्ठ २०७६, शनिबार ०६:०५

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्रमा १२ हजार जनाले निबेदन दिएका छन् । हेटौंडाका १९ वटै वडामा गरी बेरोजगार युवाहरुले १२ हजार जनाले निबेदन दिएका हुन् । आउँदो असार महिनामा एक सय ५० जना युवालाई रोजगारी दिइने तयारी भएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

बेरोजगार युवाहरुलाई असार महिनामा २० दिन बराबरको रोजगारी दिने तयारी भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हेटौंडामा फूल बगैचा निर्माण, सिंचाईको क्षेत्र, मयुरधाप पार्क निर्माण, डिपी डाँडा पार्क निर्माण, कुनाटोल सिंचाई मर्मत, राजदेबि मन्दीर पदमार्ग निर्माण, हुप्राचौर गार्डेनिङ, मेनरोड मर्मत, पाथीभरा मन्दीर बिश्रामस्थल निर्माण, प्रतिक्षालय निर्माण, गुम्बाडाँडा फूल बगैचा निर्माण लगायतका काममा लगाइने मेयर महतले बताउनुभयो ।

बेरोजगार युवालाई रोजगारीका काम दिलाउनका लागि उपमहानगरपालिकाले यो निणय गरेको छ । निबेदन परेकाहरुलाई असारमा केहीलाई मात्र रोजगारी दिएपनि अरुलाई भने क्रमस आगामी आर्थिक बर्षमा रोजगारी दिने तयारी भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हेटौंडा उपमहानगरपालिकाका रोजगार संयोजक बिजन श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्र हेटौंडामा एक करोड रुपैयाँको मेयर महतले संझौता गर्नुभएको छ । यही रकम बराबरबार रोजगारी दिन लागिएको हो । रोजगार कार्यक्रम अन्तरगत एक जना युवाले एक दिन काम गरे वापतमा ५ सय २५ रुपैयाँ पाउने व्यावस्था गरिएको छ । एक करोड रकम मध्यमा ७० प्रतिशत रकम श्रमिकले ज्याला वापत रकम पाउने, २५ प्रतिशत रकम सामाग्री खरिद, ३ प्रतिशत औजार खरिदगर्ने गरी रकम हेटोंडामा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*