हेटौंडाको टिसिएनरोडमा ४७ लाख लागतमा सडक निर्माण

जनपत्र
२४ जेष्ठ २०७६, शुक्रबार १७:०३

हेटौंडा । हेटौंडा १० टिसीएनरोड आँखा अस्पताल जाने सडकमा स्लाब ढलान गर्न सुरु गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडकको आज सिलान्यास गर्नुभयो । कार्यक्रममा उहाँले नगरका बजार क्षेत्रका सडक मात्र नभएर भित्री सडकहरु समेत पक्की बनाउँदै लगिएको बताउनुभयो ।

नगरक्षेत्रमा पुर्बाधारका काममा सफलता प्राप्त गरेको समेत उहाँले बताउनुभयो । उपमहानगरपालिकाको पहलमा प्रदेश ३ सरकारले सहयोग गरेको ४७ लाख रुपैयाँ लागतमा स्लाब ढलानको काम सुरु भएको हो । स्थानीय उपभोक्ता समितिले सडक निर्माणको काम गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*