सलमान खानको फिल्म ‘भारत’ काे व्यापार दुई दिनमा ७३ करोड

जनपत्र
२४ जेष्ठ २०७६, शुक्रबार १६:०८

सलमान खानको फिल्म ‘भारत’ले बक्सअफिसमा उत्कृष्ट सुरुवात गरेको छ।

बुधबारबाट प्रदर्शनमा आएको फिल्मले दुई दिनमा ७३.३० करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्श ट्वीट गरेर जानकारी गराएका छन्।

पहिलो दिन बुधबार ४२.३० करोडको कमाई गरेको फिल्मले बिहीबार ३१ को कमाई गरेको हो। फिल्मले तेस्रो दिन एक सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ।

‘भारत’ सलमान खानको सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ। ‘भारत’ले सलमानको फिल्म ‘प्रेम रतन धन पायो’ को ४०.३५ करोडको ओपनिङ रेकर्डलाई उछिनेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*