ट्रेलरमा डरलाग्दो ‘घर’(भिडियो)

जनपत्र
२४ जेष्ठ २०७६, शुक्रबार ०६:१०

हरर कथामा आधारित चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार युट्युबमार्फत् सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालले भुतको भूमिका निर्वाह गरेकी छिन् । ट्रेलर निकै डरलाग्दो बनेको छ ।

अर्पण थापाकै निर्देशन रहेको यस चलचित्र आगामी साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। डीएस डिजिटलको प्रस्तुतिमा तयार भएको चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ। चलचित्रमा बेनिशा हमालको अलवा निर्देशक अर्पण थापा र सुरक्षा पन्तको पनि मुख्य भूमिका रहेको छ। सुरक्षा र अर्पणले चलचित्रमा श्रीमान-श्रीमतीको भूमिका निभाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*