अष्ट्रेलियाबाट नेपालमा किन आयो विशेष विमान ?

जनपत्र
२४ जेष्ठ २०७६, शुक्रबार ०६:०२

एक साताअघि त्रिभुवन विमानस्थलमा ओर्लिएको एउटा विशेष जहाज अष्ट्रलियाबाट आइपुगेको हो । विभिन्न प्रकारका उपकरणजडित यो जहाज त्रिभुवन विमानस्थलबाट मौसम सफा भएको मौका छोपेर हरेक दिन पोखरातिर उड्छ । कास्की र त्योभन्दा उत्तरतर्फको आकाशमा उड्छ र आफ्नो काम सकेर बास बस्न जहाज पुनः काठमाडौंमै आइपुग्छ ।

यो जहाज अष्ट्रेलियाबाट किन नेपाल आयो ? कुन प्रयोजनमा यहाँ ल्याइयो र केमा प्रयोग भइरहेको छ ? मुक्तिनाथ दर्शन प्रालिले कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकारको डीपीआर निर्माण गर्दैछ । नेपालको पहिचानात्मक परियोजना बनाउने योजनासहित कम्पनीले शुरु गरेको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भइरहेको छ ।

यस्ता ठूला आयोजनाको डीपीआरका दौरान ‘लाइट डिटेक्सन एवमः रेजिङ (लाइडर)’ सर्वे गर्नुपर्ने हुन्छ । अत्याधुनिक प्रविधिबाट हुने यस प्रकारको सर्वेका लागि हवाईजहाजमा उपकरण जडान गरिएको हुन्छ । डीपीआरअन्तर्गत लाइडर सर्वेको जिम्मा पाएको अष्ट्रेलियन कम्पनी एएएम ग्रुप विशेष विमानसहित नेपाल आएको हो । यो जहाज अझै १० दिनसम्म नेपालमा बस्नेछ । सर्वेमा नापी विभागका कर्मचारीसमेत साथमै रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*