उपमहानगरपालिकाको पहलमा हेटौंडाका किसानलाई मल बितरण
हेटौंडा । मकवानपुरमा मल अभाबको निकै समस्या भएपछी आज हेटौंडा उपमहानगरपालिकाको पहलमा हेटौंडाका अधिकांश वडाका बिकाशहरुलाई मल बितरण गरिएको छ ।
हेटौंडाका १५ वटा सहकारी संस्था मार्फत ८ सय ८० बोरा मल बितरण गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । किशानका खेतमा मल हाल्न नपाएपछी समस्या भोग्दै आएको गुनासो थाहा पाउने बित्तिकै आज हेटौंडाका बिभीन्न वडामा मल बितरण गरिएको मेयर महतले बताउनुभयो ।
हेटौंडाको कृषि सामाग्रि संस्थानबाट युरिया मल बितरण गरिएको मेयरमहतले बताउनुभयो । मल लिनका लागि किशान हेटौंडामा लाइनमा समेत बस्नुपर्ने बाध्यता भएपछी आफ्नो पहलमा मल पठाइएको मेयर महतले बताउनुभयो । दुईदिन देखि उपमहानगरपालिकाका कर्मचारीले मलको कृतिम अभाब सृजना गरिएका स्थानको खोजी गरेका थिए । पसलमा मल नदेखाउने र गोदाममा मल लुकाएर राख्ने समस्या भएपछी किशानहरु मल नपाएर त्यसै घर फर्कन बाध्य भएका थिए ।
कृषि सामाग्रि संस्थान, हेटौंडा बाट आज हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बितरण भएको युरिया मल र सहकारिको नाम