दर्ता नगरी विद्युतीय स्कुटर चलाउँदै हुनुहुन्छ? पाँच हजार जरिवाना पर्नुहोला

जनपत्र
२३ जेष्ठ २०७६, बिहीबार १८:३९

काठमाडौं : दर्ता नगरी सडकमा गुड्ने विद्युतीय (इलेक्ट्रिक) स्कुटलमाथि ट्राफिक प्रहरीले निगरानी बढाउने भएको छ। बिहीबार यातायात व्यवस्था विभागले दर्ता नगरी चल्ने इलेक्ट्रिक स्कुटरलाई दर्ता गरेर मात्र चल्न दिन ट्राफिक कार्यालयलाई पत्राचार गरेको हो।
दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाए कारबाही

यातायात व्यवस्था विभागले नियम अनुसार खरिद गरेको १५ दिनभित्र दर्ता गर्नुपर्ने कानुन रहेको भन्दै विभागले ट्राफिक कार्यालयलाई पत्राचार गरेको हो। यातायात व्यवस्था विभागको दफा १६० को उपदफा (२) को खण्ड (ख) बमोजिम कारबाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्रचार गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*