जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले गरेका कामको समिक्षा

जनपत्र
२३ जेष्ठ २०७६, बिहीबार १६:०९

हेटौंडा । जिल्ला आयोजना कार्यनयन इकाई (शिक्षा) ले हाल सम्म गरेका कामको आज समिक्षा गरेको छ । इकाईका प्रमुख बद्रीबहादुर पाठकले मकवानपुरमा निर्माण गरेका बिद्यालय भवनको कार्यप्रगतिको अबस्था, अब गरिदै गरेका कामको बारेमा जानकारी गराउनुभयो ।

२०७२ सालको भुकम्पका कारण पूर्ण रुपमा भत्कीएका मकवामनपुरका बिद्यालय भवन र्निमाणको काम तिब्र गतिमा अगाडी बढेको उहाँले बताउनुभयो । अरु जिल्लाको तुलनामा मकवानपुरमा बिद्यालय भवन निर्माणको गति अगाडी रहेको बताउनुभयो । छिटो भन्दा छिटो टहरा र भत्कीएका बिद्यालय भवनबाट बिद्यार्थीलाई पक्की सुबिधा सम्पन्न बिद्यालयमा ल्याउने उदेस्यका साथ काम गरिएको उहाँको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा जिल्ला स्तरिय सहजीकरण समितिका संयोजक रघुनाथ खुलालले निर्माण गरिएका बिद्यालय भवन गुणस्तरिय बनाउनका लागि सुझाब दिनुभयो । भुकम्पका कारण भत्कीएका बिद्यालय भवन निर्माणको काम पनि छिटो सक्नुपर्ने र गुणस्तरियता पनि कायम गर्न निर्देशन दिनुभयो ।

बिद्यालय भवन निर्माण भएपछी अहिले टहरा र भुकम्पले क्षेति भएका बिद्यालयमा बसेर पवढ्नुपर्ने बाध्यता भने हट्ने छ । छलफल कार्यक्रममा शिक्षा बिकाश समन्वय इकाइका प्रमुख लिला गौतम, जिल्ला आयोजना कार्यनयन इकाई (शिक्षा)का प्राबिधिक र अरु कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*