हेटौंडामा बस दुर्घटना, १४ जना घाईते, बन्द राजमार्ग खुल्यो

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडानम्बर ९ पशुपतिनगरमा गएराती पौने १ बजे बस सडकमा पल्टिदा १४ जना यात्रु घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको पशुपतिनगरमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
बुटवल बाट काकडभिट्टाको लागि छुटेको लु १ ख ७१०७ नम्बरको रात्रिबस अनियमित भइ दुर्घटना भएको हो । बस सडकमा पल्टीएका कारण राजमार्ग समेत अबरुद्ध बनेको थियो । तर, बसलाई सारिएपछी राजमार्ग डेढ् घण्टापछी राती सवा दुईबजे खुलेको हो । बस सडकमै पल्टीपछी सडक अबरुद्ध बन्न पुगेको थियो । दुर्घटनामा परेका मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । घाईतेहरु १४ जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको एसपी सिंहले बताउनुभयो ।