विश्वकप छनोटका लागि १४ सदस्यीय नेपाली टोली घोषणा

जनपत्र
४ फाल्गुन २०७८, बुधबार ०८:०९

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ। छनोटका खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ।

ओमानमा शुक्रबारदेखि सुरु हुने छनोट खेलका लागि क्यानले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी टोली घोषणा गरेको क्यानले जनाएको छ।

ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्। समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।

नेपालको पहिलो खेल खेल फेब्रुअरी १८ तारिखमा ओमानसँग छ भने दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ मा हुनेछ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

छनोट चरणको सेमिफाइनल फेब्रुअरी २२ तथा फाइनल फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ।फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन्।

नेपाली टिम
कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिह ऐरी, विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल र गुलशन झा ।

रिजर्भ खेलाडी
कुशल मल्ल, सहाव आलम र प्रदिप ऐरी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*