‘प्रेमगीत ३’ सँग ‘भद्रगोल’ टिमको ‘फनफनी’ भिड्ने

जनपत्र
२३ जेष्ठ २०७६, बिहीबार ०५:५०

नयाँ वर्ष नेपाली फिल्म रिलिजका लागि उत्तम समय मानिन्छ । यसैले पनि हरेक वर्ष नयाँ वर्षलाई लक्षित गरेर दुईभन्दा बढी ठूला फिल्म रिलिज हुने गरेका छन् । आउँदो नयाँ वर्षमा पनि ठूला फिल्मको भाले जुधाई हुने देखिएको छ । छायांकन सुरु नहुँदै अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन मिति नयाँ वर्षलाई लक्षित गर्दै चैत २८ गतेलाई घोषणा गरिएको छ । अहिले निर्माण टिम ‘गीत’ को भूमिकाका लागि अभिनेत्रीकोे खोजीमा छ । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् ।
ब्रान्ड बनिसकेको ‘प्रेमगीत’ को तेस्रो सिरिजसँग चैत २८ मा भिडन्त गर्न अहिलेसम्म कुनै फिल्म अगाडि सरेका छैनन् । तर, यो फिल्मले सोलो प्रदर्शनको अवसर पाउन भने मुश्किल छ । गोप्य स्रोतले दिएको जानकारी अनुसार, ‘प्रेमगीत ३’ ले तोकेको मितिमा हास्य टेलिसिरियल ‘भद्रगोल’ टिमले निर्माण गर्न लागेको फिल्म ‘फनफनी’ प्रदर्शनमा आउने लगभग निश्चित जस्तै छ । तर, निर्माण टिमले आधिकारिक घोषणा भने गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*