मकवानपुरको राक्सीराङमा नेकपाको भेला, समृद्धि मात्र समाजवाद होइन–नेता न्यौपाने

जनपत्र
२३ जेष्ठ २०७६, बिहीबार ०५:३५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राक्सिराङ गाउँपालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले समृद्धिमात्र समाजबाद होइन भन्दै पार्टीले जनतासँग घनिष्ट सम्बन्ध कायम गर्नुपर्ने बताए । पार्टी बलियो भएमात्र राष्ट्र र राष्ट्रियता बलियो हुनेमा जोड दिँदै नेता न्यौपानेले अनुशासित पार्टी भएमात्र समाजवादको लक्ष्य हासिल गर्नेमा जोड दिए ।
नेकपाका जिल्ला सदस्य लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले आर्थिक सामाजिक रुपान्तरबारे, कमान सिं पाख्रिन (पृथक)ले पार्टी निर्माण र पद्धतिबारे धारणा राखेका थिए । कार्यक्रममा राजाराम स्याङ्तान,वनस्तम थिङ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बाबुलाल स्याङ्तानले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*