हेटौंडाको पानतलेमा एक करोडको लागतमा खानेपानी योजना

जनपत्र
२२ जेष्ठ २०७६, बुधबार १९:४१

हेटौंडा । बषौ देखि खानेपानीको समस्या भोग्दै आएका हेटौंडा १२ पानतलेमा अब भने खानेपानीको समस्या समाधान हुने भएको छ । पानतलेमा जमिनमुनीबाट पानी तान्नका लागि डिप बोरिङको आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सिलान्यास गर्नुभएको छ ।

पानीको समस्याका कारण स्थानीयहरुले टाढाबाट पानी बोक्नुपर्ने बाध्यता भोग्दै आएको भएपनि अब त्यो समस्या समाधान हुने बताउनुभयो । यो आयोजना सकिएपछी पानीको समस्या भने समाधान हुने मेयर महतले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको पहलमा प्रदेश ३ सरकारले खानेपानी आयोजनाका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो । हेटौंडाका साबिकका ११ वटा वडामा पानीको समस्या भएको र अब पछी थपीएका वडामा सहज रुपमा खानेपानी उपलब्ध गराउनका लागि लागिपरेको मेयर महतले बताउनुभयो । कार्यक्रममा हेटौंडा १२ का वडाअध्यक्ष ललित घलान, हेटौंडा १३ का वडाअध्यक्ष मनोज वाइवा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*