मिडिया बिधयक सच्याउन मकवानपुरका दलले केन्द्रमा दबाब दिने

जनपत्र
२२ जेष्ठ २०७६, बुधबार १४:३५

हेटौंडा । सरकारले ल्याउन लागेको मिडियाकाउन्सिल बिधयक सच्याएर मात्र ल्याउनका लागि आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर साखाको आयोजनामा मिडिया काउन्सिल बिधयकको प्रेस स्वतन्त्रता बिरोधी प्राबधान हटाउनुपर्ने मात्र गर्दै राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्थाका प्रतिनिधिहरु संगको छलफल कार्यक्रमका सहभागिहरुले यस्तोकुुरा बताएका हुन् ।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली काग्रेश मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले सरकारले पत्रकारितामाथी अंकुस मात्र नभइ निरंकुसता लाद्न खोजेको आरोप लगाउनुभयो । मिडिया काउन्सिल बिधयक खारेज हुनुपर्ने उहाँले बताउनुभयो । पत्रकारिता भित्रको छाडातन्त्र नियन्त्रण गर्नुपर्ने र स्वतन्त्र पत्रकारितामाथी अंकुश लगाउन नपाउने बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश ३ का सांसद तथा पार्टीका मकवानपुर अध्यक्ष मुनु सिग्देलले अब सरकारले यो बिधयक सच्याएर मिडिया मैत्रि बिधयक ल्याउनेमा आफु बिस्वस्थ रहेको बताउनुभयो । संसदमा पेस भएको बिधयक जस्ताकोतस्तै पास नहुने बिस्वास उहाँले ब्यक्त गर्नुभयो । संसोधन गर्दा मिडिया मैत्री भएर संसोधन गरिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुसरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, नागरिक सरोकार केन्द्र मकवानपुरका संयोजक धुर्ब प्रसाद चौलागाई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागि भएकाहरुलाई पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष पोष्टराज अधिकारी (कुमार)ले स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*